प्रेम संसारको निर्माण सुरु


ब्युटी न्युज नेपाल
काटमाडौं ६ पुष

नयाँ चलचित्र ‘प्रेम संसार’को काठमाडौंको भद्रकाली मन्दिरमा मुर्हत गरिएको छ । १२ पुषबाट गते देखि छायाँकन हुने यो चलचित्रलाई राम गौतमले निर्देशन गर्दैछन् । जाउँ हिड पोखरा निर्माण गरेको राम आफैं यसपटक निर्माणमा उत्रिएका हुन् ।

यसमा प्रेम सोनी, मोनिका दाहाल, विविशा पाण्डे, सोभित बस्नेत, उत्तम केसी, आयुषमा कार्की, रामचन्द्र अधिकारी, शुरवीर पण्डित, लक्षमणविक्रम बस्नेत, राजकुमार शाह, सुदन धिताल, अस्मिता भण्डारीलगातका कलाकारको अभिनय रहने छ ।

काठमाडौं, पोखारा, चितवन, पर्वत, स्याङ्जालगायतका स्थानमा छायाँकन गरिने यो चलचित्रलाई प्रेमबहादुर सुनार र कमल सुनारले निर्माण गर्न लागेका हुन ।

प्रेम सोनीको कथा लेखन, शंकर महर्जनको द्वन्द्व, रामचन्द्र गौतमको पटकथा÷सम्वाद, दिपेन वस्नेतको छायाँकन, प्रेम शर्माको सम्पादन रहने चलचित्रमा एकिन्द्र सारा शंकरको नृत्य निर्देशन, विकास क्षत्रीको निर्माण नियन्त्रण र अर्जुन पोखरेल, बीबी अनुरागीको संगीत रहने छ ।