ब्युटी न्युज नेपाल

काठमाडौं, ६ पुष

हेयर स्टाइलिष्ट निल डेभिड कटुवाल भारतमा पुरस्कृत भएका छन् । बलिउड अभिनेता राजा मुरादको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा निललाई मुरादले पुरस्कृत गरेका थिए ।

निल एन्टी करप्सन फाउन्डेशन भारतले नयाँ दिल्लीस्थित कर्नाल हरियाना विवान रिसोर्टमा आयोजना गरेको कार्यक्रममा एसिया प्राइड अवार्डबाट पुरस्कृत भएका हुन् ।

कार्यक्रममा विभिन्न देशका फेशन, व्यापार, समाजसेवालगायतका क्षेत्रमा आबद्व देश विदेशका २५ व्यक्तित्वलाई पुरस्कृत गरिएको थियो । फाउन्डेशनका अध्यक्ष नरेन्द्र अरोराले निलले झापाको लक्ष्मीपुर जस्तो सानो गाउँ, जहाँ विजुलीको समेत अभाव थियो । त्यहाँको युवाले उच्च दर्जा नहुने र नेपाली समाजले सजिलै स्वीकार नगरेको  कपाल काट्ने पेशालाई अंगालेर फेशनको दुनियाँमा तहल्का मचाएकाले अवार्ड प्रदान गरिएको बताए ।

उनले काठमाडौंमै पहिलोपटक अत्याधुनिक सेवा र सुविधासहित युनिसेक्स सलुन सञ्चालनमा ल्याएका थिए । हाल नेपालका विभिन्न स्थानसहित भारतमा विभिन्न क्षेत्रमा समेत उनको लोकप्रियता र सलुन विस्तार भएको छ ।