४५ वर्ष नाघेकाहरुको कथामा न यता न उता


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ पुष

यस अघि मिस्टर भर्जिन चलचित्र निर्देशक गरेका विसारद बस्नेतले आफ्नो निर्देशनमा अर्को चलचित्र ‘न यता न उता’ दर्शकमाझ ल्याउन लागेका छन् । यो चलचित्रलाई विसारद सहित मिराज रोशले निर्देशन गरेका हुन् । फिल्मका विधार्थी मिराज बिगत दुई दशकदेखि युरोपमा बस्दै आएका छन् ।

यो चलचित्रमा विवाह हुन नसकेका दुई अधवैंशेहरुको कथालाई समेटिएको छ । बेलायतको म्यारिज ब्युरोमा समेत विवाहको लागि उपयुक्त केटी नपाएपछि बेलायतबाट केटी खोज्न नेपालका गाउँमा पुगेका तिनै अधबैंसेको कथा यसमा छ ।

यो फिल्मको काठमाडौंमा एक समारोहबीच बुधबार ट्रेलर रिलिज गरियो । आगामी २५ माघबाट रिलिज हुने यो फिल्ममा ४५ वर्ष नाघेको दुई अधबैंसको सँघर्ष समेटिएको ट्रेलरमा उल्लेख छ । अधबैंसेको भूमिका निर्देशक मिराजसँगै कलाकार समिर दिक्षित छन् ।

यो फिल्ममा ऋचा शर्मा, छुल्ठिम गुरुङ, बुद्धी तामाङ, राजाराम पौडेल, रविन्द्र झा, नम्रता सापकोटा, जयनन्द लामा, कमलमणि नेपाल, जीवन भट्टराई, लुनिभा तुलाधर, सिल्सा जिरेल,सहितको अभिनय छ ।