ब्युटी न्युज नेपाल
काठमाडौं, ४ पुष

भारतीय गायक गजेन्द्र वर्मा नेपाल आउने भएका छन् । पछिल्लो समय ’तेरा घाटा’ गीत गाएर उनी चर्चामा छन् । यस गीतमा शब्द , संगीत र वर गजेन्द्रकै छ भने उनले यसलाई आफ्नै एल्बम फर्म लस्ट टो फाउण्डमा कलेक्सन गरेका छन् । उनले यसै गीत मार्फत आफुलाई संगीतप्रेमी माँझ स्थापित नै बनाए भन्दा फरक नपर्ला ।

उनलाई क्रिसमस इभमा काठमाण्डौ स्थित क्लब डेजाभू मा लाइभ सुन्न सकिन्छ । मेड्ली इभेण्ट र डार्क हर्स इभेन्टको संयुक्त्त आयोजनामा उनि क्रिसमस इभ अर्थात डिसेम्बर २४ मा आयोजना हुने ‘गजेन्द्र वर्मा लाइभ इन नेपाल’ मा प्रस्तुति दिन काठमाण्डौ आउदैछन् । कभर गायन मार्फत सांगीतिक दुनियामा उदाएका गजेन्द्रको तुने मेरे जाना, मे तेरा ही रहु, मेरा जहा जहा लगायतका गीतलाई दर्शक तथा श्रोताले रुचाएका छन् । उनले लाइभ प्रस्तुतिको क्रममा यस्तै गीतसंगीत मार्फत दर्शकलाई मनोरंजन दिनेछन ।

गजेन्द्रले पनि भिडियो संदेश पठाउदै आफु नेपालमा आउँन लाग्दा खुसि लागेको बताएका छन् । उनि सोमबार नेपाल आउने छन् र काठमाण्डौको प्रस्तुति सकेर धरान लाग्नेछन् ।

आयोजक मध्यका एक सुमित सिग्देलले कार्यक्रम बारे भने,‘क्रिसमस इभलाई रमाइलो बनाउन हामीले पछिल्लो समय नेपालमा खोजिने गायकलाई बोलाएका हौ । गजेन्द्रजी पनि नेपाल आउने कुरामा हर्षित हुनहुन्छ ।’