संगीताले बोडेमा खोलिन रोज ब्युटीपार्लरको नयाँ शाखा


ब्युटी न्युज नेपाल
काठमाडौं ३ पुष

काठमाडौंको रविभवनमा दुई दशकदेखि सञ्चालित रोज ब्युटीपार्लर एन्ड ट्रेनिङ सेन्टरका नयाँ शाखा भक्तपुरको बोडेमा सञ्चालनमा आएको छ । बिगत आधा दशकदेखि रोज ब्युटीपार्लरमा प्रशिक्षकको रुपमा रहँदै आएकी संगीता थापामगरले नयाँ शाखाको रुपमा रोज ब्युटीपार्लर एन्ड ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याएकी हुन् ।

रोज ब्युटीपार्लर एन्ड ट्रेनिङ सेन्टर रबिभवनकी अध्यक्ष सोनी कारञ्जितले बोडेमा स्थापित नयाँ ब्युटी पार्लरको उद्घाटन गरेकी छिन् । सिटिईभिटीबाट लेभल वानको परीक्षा उतिर्ण गरेर लामो समय यो क्षेत्रमा लागेपछि संगीताले आफ्नो नयाँ ब्युटीपार्लर सञ्चालनमा ल्याएको अध्यक्ष सोनीले बताईन्,‘बोडे क्षेत्रमा सुविधा युक्त पार्लर र दक्ष प्रशिक्षकको अभाव भएको बेला संगीताले स्थापना गरेको रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरले यो यहाँ सबैलाई सुविधा पुग्नेमा म विश्वस्त छु । संगीता आफैंमा कुशल प्रशिक्षक भएकाले उनले ब्युटीपार्लर सम्बन्धि राम्रो विधार्थीहरु जन्माउने छिन् ।’ लामो समयदेखि रोज ब्युटीपार्लरसँग जोडिएर रोज ब्युटीपार्लरको नयाँ शाखा स्थापना गरेको भन्दै अध्यक्ष सोनी कारञ्जितले संगीतालाई सफलताको शुभकामना दिईन् ।

उद्घाटन समारोहमा आफ्नी गुरु सोनी कारञ्जितलाई सम्मान गर्दै संगीताले रोज ब्युटिपर्लरबाट आफ्नो करिअर सुरु भएको र अहिले यो अबस्थासम्मा आएकाले रोजको नयाँ शाखा स्थापना गरेको बताईन् । बोडे क्षेत्रमा ब्युटीपार्लर सम्बन्धि सेवा र प्रशिक्षणमा गुणस्तर र सुविधायुक्त सेबा दिने पनि उनले बताईन् ।