कागजपत्रको फस्ट लुक्स, ८ चैतमा रिलिज


ब्युटी न्युज नेपाल
काठमाडौं, २ पुष

चलचित्र ‘कागजपत्र’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । पोष्टर रिलिजसँगै ८ चैत्रबाट यो फिल्म रिलिजको घोषणा गरिएको छ ।

सिनेमाको सार्वजनिक ४ पोस्टरमा मुख्य कलाकार नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखकलाई स्थान दिइएको छ । यो चलचित्रमा अपिल बिष्टको लेखन तथा निर्देशन रहेको छ । कागजपत्र सामाजिक तथा कमेडी कथामा निर्माण गरिएको निर्देशक बिष्टले बताए ।

खिलेन्द्र तिम्सीना, मुकेश रेग्मी र प्रजापती सिवाकोटी निर्माता रहेको कागजपत्रमा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह–निर्माता रहेका छन् । सिनेमामा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत, क्यासीमिर डिक्सनको छायाँकन, निमेष श्रेष्ठको सम्पादन छ । इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतकर्ता रहेको सिनेमामा वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयुक्त व्यानरमा निर्माण भएको हो ।