द भ्वाईस अफ नेपाल बनेर काठमाडौं आए बिजय (हेर्नुस भिडियो)


ब्यटी न्युज नेपाल
काठमाडौं २ मंसिर

कतारमा शुक्रबार राति भएको ग्राण्ड फिनालेमा ‘टिभिएस अपाचे द भ्वाइस अफ नेपाल–२०१८’ उपाधि तिजेका गायक सिडी बिजय अधिकारी सोमबार मध्यान्न काठमाडौं फर्किएका छन् । करिब ३० हजार नेपालीहरुबीच भएको फाईनलमा बिजेताका घोषणा हास्यब्यँग्य कलाकारद्धय सिताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस–सुन्तली)ले गरेका थिए ।

लक्ष्मण पौडेलको निर्देशनमा कान्तिपुर टेलिभिजनबाट प्रशारण हुँदै आएको द भ्वाईसको फ्रेन्चाईज गायन प्रतियोगिता द भ्वाईस अफ नेपालमा अन्य ३ प्रतिष्पर्धीलाई पाखा लगाउँदै बिजयले उपाधिसहित २५ लाख रुपैयाँ, एउटा कार पुरस्कार पाएका छन् । साथै २० लाख बराबरको संगीत सम्झौता पनि प्राप्त गरेका छन् ।

सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै बिजयले सो सफलता आफुलाई समर्थन गर्ने सम्पूर्ण नेपालीहरुको भएको बताए । सबैको निरन्तर भोट र सहयोगले आफु पहिलो द भ्वाईस अफ नेपाल बन्न सफल भएको उनले प्रस्ट पारे ।

उत्कृष्ट चारमा टिम दीप श्रेष्ठबाट अधिकारीसहित सनुप पौडेलको टिमबाट सप्तक दुतराज, टिम प्रमोद खरेलबाट श्रीजे थपलिया र टिम अभया सुब्बाबाट कुशल आचार्य पुगेका थिए । उत्कृष्ठ १६ जनाको टिम तयार भएपछि दर्शकले गरेको भोटका आधारमा प्रतिस्पर्धीको परफरमेन्सको निर्धारण हुँदै आएको थियो । कतारमा भएको फाईनलमा बिजयले सबैलाई उछिनर उपाधि चुमेका हुन् ।

प्रल्हद सिंह महत र सुशिल नेपाल कार्यकारी निर्माता रहेको भ्वाईस अफ नेपाललाई सुशिल र ओसिन सिटौलले होस्ट गर्दै आएका थिए । कुवेर डंगोल रियालिटी प्रोड्युसर रहेको द भ्वाईस अफ नेपालको निर्माण एनएनसी प्रोडक्सनले गर्दै आएको थियो ।