दि ब्रेकअप सर्यो, चौका दाउ २७ पुषमा


ब्युटी न्युज नेपाल
काठमाडौं १ पुष

२७ पुषमा चलचित्र चौका दाउसँगै दि ब्रेकअप रिलिज हुन लागेको थियो । चौका दाउका निर्देशक पूर्णेन्दु झाका अनुसार आपसी सहमतीमा दि ब्रेक अप सरेर १७ फागुनमा पुगेपछि चौका दाउलाई फाईदा पुग्ने भएका छ ।

‘दुई ओटा फिल्म आपसमा जुध्दा आखिरी घाटा दुबै फिल्मलाई हुन्थ्यो । उहाँहरुलाई सिनेमा समयमै तयार गर्न निकै दवाव परिरहेको बेला हामीले गरेको अनुरोधलाई मन्दै हेमराजजीले दि ब्रेक अपलाई २७ पुषबाट पछि सार्नु भएको छ ।’ चौका दाउको निर्देशक पूर्णेन्दु झाले भने,‘अब हामीलाई ढुक्क छ । हाम्रो फिल्मको ट्रेलर युट्युव ट्रेन्डिङमा पाँचौ स्थानसम्म पर्नुका साथै दर्शकले यसलाई मन पराउनु भएकाले सिनेमा पनि त्यत्तिकै राम्रो बनाएको विश्वास दिलाउँछु ।’

यो चलचित्रका परिकल्पनाकार, संगीतकार एवम् कथाकार शम्भुजीत बासकोटा हुन भने यसलाई सौर्यजीत बासकोटा र मनोज राजभण्डारीले निर्माण गरेको हो । चौका दाउमा वर्षा राउत, रविन्द्र झा, अजश्र ढुँगाना, सन्तोष पन्त, विल्सन विक्रम राई, तैयव शाह, श्याम राई, रमेश अधिकारीसहितको अभिनय छ ।

यता हेमराज बिसी निर्देशित चलचित्र दि ब्रेक अप अब भुवन केसीको फिल्म क्याप्टेनसँज जुध्ने भएको छ । १७ फागुनमा यस अघि क्याप्टेनसँग प्रदीप भट्टराईको फिल्म जात्रै जात्रा जुध्ने कुरा थियो । तर जात्रै जात्राका अभिनेत विपिन कार्कीको खुट्ट भाँचीएर उनले निर्धारित समयमा फिल्म खेल्न नसकेपछि जात्रै जात्रा अब १७ फागुनमा नआउने भएको छ । यसरी १७ फागुनमा जात्रै जात्रा सरेपछि आफुहरु सो मितिमा रिलिज हुन लागेको य सका निर्देशक हेमराज बिसीले बताएका छन् ।

बिसीका अनुसार चलचित्र दि ब्रेक अपको भिएफएक्सको काम बाँकी छ । यता चौका दाउसँग जुध्नु पर्ने थियो, कुनै एउटासँग जुध्ने पर्ने वाध्यता रहेकाले आफुहरु १७ फागुन पुगेको उनले बताएका छन् । अब क्याप्टेनका अनमोल केसीसँग दि ब्रेकअपका आशिरमान देशराज जोशीको फिल्मी भिडन्त हुने भएको छ ।