सकियो ‘जिस्म–२’ को छायांकन


ब्युटी न्युज नेपाल
काठमाडौं, १ पुष

चलचित्र ‘जिस्म–२’ को ४८ दिनमा छायांकन सकिएको छ । चलचित्रमा रमेश विश्वकर्मा, नमिता खड्का, रेजिना भण्डारी, सुरबीर पण्डित, शारदा गिरी, मदन सिटौला, सुधन धिताल, रिचर्ड रसाईली, प्रज्वल भित्रीकोटी, सुचीन्द्र परियार, रोशन थापाको मुख्य भूमिका रहेको छ ।

राजु गिरी प्रोडक्सनको ब्यानरमा निर्माण भएको हिट चलचित्रका मात्र सिक्वेल बन्ने गर्ने चलन बिपरित गिरीले ब्यबसायिक रुपमा असफल चलचित्र ’जिस्म’ को सिक्वेल बनाउने आँट गरेका छन् ।

सुचिन्द्र परियारले निर्देशन गरेको चलचित्रमा संगीत योगेश काजि र लक्ष्मण पौड़ेलको रहेको छ भने द्वन्द अशोक खड्काको रहेको छ । राजेन्द्र बिकको निर्माणमा बनेको चलचित्र चैत्र अन्तिम साता बाट प्रदर्शनमा आउने छ ।