१५ चैतमै शुभलभ पनि, आयो पोष्टर


ब्युटी न्युज नेपाल
काठमाडौं १ पुष

आगामी १५ चैतबाट नयाँ चलचित्र ‘साईंली’ रिलिजको घोषणा गरेको दुईसाता नबित्दै यो मितीमा अर्को नेपाली चलचित्र ‘शुभलभ’को पनि रिलिजको घोषणा शनिबार गरिएको छ । यो फिल्मको फस्टलुक्स (पोस्टर) सार्वजनिक गर्दै रिलिज मिति पनि तोकिएको हो ।

युवा जोतिष हरिहर अधिकारी र कृष्टिन पौडेललाई पोष्टरमा स्थान दिईएको छ । हरिहर र कृष्टिनले यही फिल्मबाट नेपाली सिनेमाबृत्तमा डेब्यु गर्दैछन् । बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता प्रदीप कुमार उदय हुन् ।

शुभलभमा हरिहर र कृष्टिनसँगै डा. सुर्या थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बाँस्तोल, अनुज पाण्डेको अभिनय छ । निर्माता एवम् वितरक प्रदीप कुमार उदय यो फिल्ममा अतिथी कलाकारको रुपमा छन् ।

सिनेमालाई अग्रज निर्माता तथा निर्देशक सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् । सिनेमामा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ । जसमा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, रामेश्वर कार्कीको छायांकन, रोशन विक्रम भट्टराईको द्धन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन छ ।