अनमोलको क्याप्टेनको नयाँ ट्रेन्डिङ एकमा


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ मंसिर

युवा अभिनेता अनमोल केसी र नवोदित अभिनेत्री उपासना सिंह ठकुरी अभिनित चलचित्र ‘क्याप्टेन’को नयाँ गीत रहर छ संगै… रिलिज गरिएको छ ।

बिहिबार साँझ राजधानीमा एक समारोहबीच यो गीतको भिडियो रिलिज गरिएको हो । यो गीतलाई अहिलेसम्म ३ लाख ७२ हजार पटक हेरिएको छ । युट्युवको ट्रेन्डिङमा यो गीत पहिलो नम्बरमा छ । ओएसआर डिजिटलले रिलिज गरेको यो भिडियोले १२ घन्टामा सबैलाई उछिन्दै युट्युव टेन्टिङमा आफुलाई नम्बर वान बनाएको हो ।

गीतमा अभिनेता अनमोल केसी र नवोदित अभिनेत्री उपासना सिंह ठकुरीको अभिनय छ । अर्जुन पोखरेलले संगीत गरेको यो गीतलाई दिग्गज धौरालीले लेखेका हुन् । गीत सुगम पोखरेलले अन्जु पन्तको स्वरमा छ ।

आगामी १७ फागुनबाट देशब्यापी सिनेमा हलमा रिलिज हुने भनिएको यो फिल्म फुटबल खेलमा आधारित छ । यसमा अनमोल र उपासनासँगै प्रियँका एमभी, प्रशान्त ताम्राकार, विल्सन बिक्रम राई, राजाराम पौडेल, सूर्यमाला खनाल, बुद्दी तामाङ, अमित श्रेष्ठसहितको अभिनय छ ।

गीत रिलिज कार्यक्रममा बोल्दै अनमोलले भने,‘मैले कहिल्यै पनि यसअघि फुटबल खेलेका थिईन् । हरि खड्कासँग लगातार डेढ महिना फुटबलको प्रशिक्षण लिएर म खेलाडीको रुपमा उत्रिएको हुँ ।’ अरु फिल्म गर्नु भन्दा यो फिल्म आफ्ना लागि निकै चुनौतीपूण भएको पनि उनले बताए ।

यो चलचित्र नेपालका खेलाडीहरु प्रति समर्पित रहेको क्याप्टेनका निर्माता एवम् अभिनेता भुवन केसीले बताए । यसका निर्देशक दिवाकर भट्टराईले यो चलचित्रमा अनमोल केसी फुटबल खेलाडीको रुपमा क्याप्टेनको भूमिकामा रहेको बताए ।