बिहेको लगन रोज्दै आयो सानेको डोली


रिलिज फिल्म

ब्युटी न्युज नेपाल
काठमाडौं २८ मंसिर

चलचित्र ‘डोली’ शुक्रबारबाट सिनेमा हलमा रिलिज भएको छ । शुक्रबारबाटै प्रदर्शनमा आएका दुई फिल्म प्रविण स्याङ्वो निर्देशित चलचित्र ‘कथा ७२‘ र सुब्रत आचार्य निर्देशित ‘सुश्री सम्पत्ति’सँगै डोली पनि रिलिज भएको हो ।

चलचित्र डोलीलाई राजबहादुर सानेले निर्देशन गरेका हुन् । मंसिरको महिना र विवाहको मौसम पारेर उनले यो फिल्म रिलिज गरेका छन् । ग्रामिण भेकको कथालाई महत्व दिईएको यो फिल्म सामाजिक कथामा आधारित रहेको डोलीका लेखक समेत रहेका निर्देशक सानेले बताएका छन् ।

मुलुकका करिब चार दर्जन सिनेमा हलबाट यो फिल्म रिलिज भएको हो । फिल्ममा किशोर खतिवडा, पृथ्वीराज प्रसाई, अर्जुन गुरुङ, सानीया खान, संगीता नापीत, नवीन रेग्मी, प्रशान्त भण्डारी, प्रिया रिजाल, सतिश खत्री, दामोदर खतिवडा, हिउवाला गौतललगायतका कलाकारको अभिनय छ ।

किरण नेपालीको प्रस्तुति रहेको डोलीलाई जयराम थापाले खिचेका हुन् । यो फिल्ममा तारा थापा किम्भेको सम्पादन छ ।