ब्युटी न्युज नेपाल
काठमाडौं २७ मंसिर

चलचित्र ‘जे सुकै होस’ २० पुषबाट देशव्यापी रिलिज हुने भएको छ । यो चलचित्रको काठमाडौंमा एक समारोहबीच ट्रेलर रिलिज गरिएको छ । यो चलचित्रका ट्रेलर अनुसार सिनेमामा लागू औषध दुव्र्यसनी यौनसम्बन्धको कथा समेटिएको छ ।

जे सुकै होसलाई उमेश गुरुङले निर्देशन गरेका हुन् । यो चलचित्रलाई नवराज जँग थापाले निर्माण गरेका हुन् । आफ्नो सिनेमा मौलिक कथामा आधारित रहेको निर्देशक उमेशले बताए ।

उमेश र नवराजसँगै यो चलचित्रमा चन्दा दाहाल, किस्मत तामाङ, रोशन श्रेष्ठ, सोनी गुरुङ, मेलिना ठकुरी, रिना थापा, सुनिल कटवालसहितको अभिनय छ । जे सुकै होसको लेखन, नृत्य निर्देशन, सम्पादन पनि उमेश गुरुङकै हो ।

https://www.youtube.com/watch?v=Nt3HsGJeJdI