ब्युटी न्युज नेपाल
काठमाडौं २७ मंसिर

सिने गुरुङ पछिल्लो पुस्ताकी उदयमान मोडल हुन् । उनले आफुलाई मोडलिङ क्षेत्रमा हट मोडलको रुपमा चिनाउन थालेकी छिन् । २०५६ सालमा धादिङमा जन्मिएकी सिने तामाङ हाल सामाखुशीमा बस्दै आएकी छिन् । ग्लामर दुनियामा रम्ने चाहना उनको पहिलो प्राथमिकता मोडलिङ हो ।

मोडलिङमा लाग्दै आए पनि सिनेको भविष्यको लक्ष्य चलचित्रको नायिका बन्नु नै हो । फोटो शुटको क्रेजी सिनेको मनपर्ने खाना पिज्जा हो । धेरै कलाकारहरुको अभिनय राम्रो लागे पनि उनको मन पर्ने अभिनेता अनमोल केसी र अभिनेत्री बर्षा राउत हुन् ।

आफुलाई मायाँ गर्ने धेरै भए पनि आहिले आफु करिअरको पछि लागेकोले त्यतातर्फ ध्यान नदिएको सिनेले बताईन् । हाल उनी मोडलिङ साथै आफनो पढाईलाई पनि निरन्तरता दिइरहेकी छिन् ।

प्रस्तुति ः जयन सुब्बा मानन्धर
तस्वीर ः शैलेन्द्र श्रेष्ठ