ब्वाइफ्रेन्डसँगै कार्यक्रममा अभिनेत्री साम्राज्ञी


गसिप 

ब्युटी न्युज नेपाल
काठमाडौं २६ मँसिर

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अाजकाल बिभिन्न कार्यक्रममा ब्वाइफ्रेन्डसँग पुग्ने गरेकी छिन् । मंगलबार बेलुका काठमाडाैंमा अायाेजना गरिएकाे चलचित्र मारूनीकाे घाेषणा समाराेहमा पनि उनी अाफ्नाे ब्वाइफ्रेन्डसँगै पुगेकी थिइन् । उनी याे  फिल्मकी नायिका हुन् ।

साेही कारण आफ्नो ब्वाईफ्रेन्ड देभंक्ष एसजेबी राणा सहित उनी कार्यक्रममा पुगेकी हुन् । मारूनीका निर्माता पुनम गाैतम क्षत्रीले स्वागत गर्दा  देभंक्ष लजाएका देखिन्थे । उनले अाफ्नाे ब्वाइफ्रेन्ड मिडिया सामु यसपटक सार्वजनिक गरेकी हुन् ।

यसै महिना ३ मंसिरमा देभंक्ष एसजेबी राणाले अाफ्नै घरमा प्रेमिका साम्राज्ञी राज्य लक्षमी शाहकाे २३ औं जन्मदिन केक काटेर मनार्इ दिएका थिए । त्याे दिन केक काट्ने कार्यक्रम सकिएपछि अबेलासम्म साम्राज्ञीले आफ्नो ब्वाईफ्रेन्ड र साथीहरुसँग नाचेर मास्ती गरेकी थिइन्।

त्यसपछिबाट साम्राज्ञीले अाफ्नाे प्रेमी देभंक्षलार्इ कार्यक्रममा लिएर  हिड्न थालेकी हुन् । साम्राज्ञी चलचित्र ड्रिम्स मार्फत नेपाली सिनेबृत्तमा आएकी हुन् । उनका आधा दर्जन नेपाली चलचित्र रिलिज भईसकेका छन् ।

देभंक्ष भने नेपाल उधाेग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाका छाेरा हुन् । यी दुर्इ गत ६ महिना अघिबाट नजिक भएका हुन् ।