दुई अवार्ड सहित नेपाल आईन सृँखला खतिवडा


ब्युटी न्युज नेपाल
काठमाडौं, २६ मंसिर

मिस वल्र्ड २०१८ मा उत्कृष्ट १० भित्र पर्न सफल मिस वल्र्ड नेपाल सृँखला खतिवडा चिनको सान्या शहरमा सम्पन्न मिस वल्र्डबाट बुधबार राती नेपाल फर्किएकी छिन् । बुधबार राती १०ः३० बजे त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थल झरेकी सृँखलाले नेपालीहरुको निरन्तर मायाँ र हौसलाले आफुले दुई ओटा अवार्ड जित्न सफल भएको बताईन् ।

मिस वल्र्ड नेपाल २०१८ सृँखला खतिवडा विश्वका १२१ देशका सुन्दरीसँगको प्रतिस्पर्धामा उत्कृष्ट १० भित्र पर्न सफल भएकी हुन् । उनले मल्टी मिडिया र ब्युटी विथ पर्पोज गरी दुई ओटा अवार्ड भने नेपाल भित्राएकी छिन् ।

बिमान स्थलमा उनलाई हिडन ट्रेजर परिवार, सृँखलाका परिवार र शुभचिन्तकहरुले स्वागत गरे । बिमान स्थलमा स्वागत र सत्कारले निकै भावुक भएकी सृँखलाले नेपालीहरुले गरेको मतदानले मिस वल्र्डमा सहभागी अरु देशका प्रतियोगी तर्सिएको बताईन् ।

उनीहरुले त आफुले तिमीले पैसा तिरेर यती धेरै भोट हाल्न लगाएको हो भन्ने आरोपयुक्त प्रश्न गरेको पनि उनले सुनाईन् । आफुले निकै कोशिश गर्दा पनि मिस वल्र्डको ताज नेपाल ल्याउन नसकेकोमा उनले दुःख व्यक्त गरिन् ।