यात्राकको डविङमा सलिनमान


ब्युटी न्युज नेपाल
काठमाडौं २५ मंसिर

सलिन मान बनिया पछिल्लो समय फिल्म ‘यात्रा अ म्युजिकल ब्लग’ को डबिङमा व्यस्त छन् । चकलेटी फेस अनि कोरियन लुक्स भएका कारण उनका फ्यान स्वदेशसँगै विदेशमा पनि उतिकै छन् ।

ए मेरो हजुर २ पछि यात्रा सलिनको दोस्रो फिल्म हो । यो फिल्म मार्फत आफ्नो स्टारडम झनै बढाउने गरि काम गरिरहेका सलिन यसको डबिङसँगै काम अन्तिम चरणमा पुगेको छ । उनि प्राय पब्लिक हुदैनन् । यसैले गर्दा पनि उनको गतिविधिमा फ्यानसँगै मिडियाकर्मीको पनि चासो हुने गर्छ । सलिन फिल्ममा ब्लगरको भूमिकामा छन् ।

हाल फिल्मको डबिङ गरिरहेका सलिन पनि खुसि छन्,‘हामीले सोचेकै दृश्यलाई पर्दामा देखिरहेको छु । फिल्मको लागि टिमले निकै मेहनत गरेका छौ ।’ उनले डबिङकै क्रममा फिल्म पनि हेरिरहेका छन्,‘रमाइलो भईरहेको छ । दोस्रो फिल्ममा आइपुग्दा आफुलाई झनै परिपक्क बनाउदैछु ।’ सलिनले भने ।

सलिनको बारे निर्देशक सम्राट शाक्यले भने,‘फिल्ममा सलिनले गरेको डान्स र फाइटको चर्चा यतिबेला टिममा छ । सलिन निकै मेहेनती छन् । उनले आफुलाई बेस्ट देखाउन मेहनत गरेका छन् ।’

सलिन पनि फिल्मबाट निकै आशावादी छन् । उनले यात्रापछी अन्य फिल्म गर्ने सहमति दिईसकेका छैनन् । उनि आफुलाई सुहाउदो रोल अफर आओस भन्ने चाहन्छन । फिल्ममा सलिनसँगै सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल , राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रज्ज्जल भट्टराई, देशभक्तखनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय रहनेछ ।