यस्तो छ अनमोलको क्याप्टेनको नयाँ पोष्टर


ब्युटी न्युज नेपाल
काठमाडौं, २५ मंसिर

अभिनेता अनमोल केसीको नयाँ फिल्म क्याप्टेनको फस्ट लुक्सको रुपमा नयाँ पोष्टर रिलिज गरिएको छ । आगामी १७ फागुनमा रिलिजको घोषणा सहित यो फिल्मको दोस्रो पोष्टर रिलिज गरिएको हो ।

यस अघि अनमोलको एकल तस्बिर सहितको पोष्टर रिलिज गरिएको थियो । यो चलचित्रका निर्देशक दिवाकर भट्रराई, निर्माता भुवन केसी र अभिनेता अनमोल केसीले सामाजिक सञ्जाल मार्फत पोष्टर रिलिज गरेका हुन् । पोष्टरमा अनमोलसँगै सुनिल थापा र प्रसान्त ताम्राकारलाई समेटिएको छ ।

फिल्मको रिलिज मिति सार्वजनिकसँगै प्रचार थालिएको छ । यो फिल्मको रोमान्टिक गीत बिहिबार रिलिज गरिँदैछ ।