नृत्य, गायन र सम्मानसँगै ब्युटी न्युज नेपालको प्रथम वार्षिक उत्सब


ब्युटी न्युज नेपाल
काठमाडौं, २४ मंसिर

बिलक्षण क्रियसनद्धारा सञ्चालित ब्युटी न्युज नेपालले आफ्नो प्रथम वार्षिक उत्सब विभिन्न कार्यक्रम आयोजना गरेर मनाएको छ । वार्षिक उत्सबको अबसरमा काठमाडौंको थानकोट स्थित त्रिभुवन पार्कमा बनभोज कार्यक्रम आयोजना गरिएको थियो ।

प्रथम वार्षिक उत्सबको अबसर पारेर नृत्य, गायन, प्रहसन, सम्मानलगायतको कार्यक्रम आयोजना गरियो । ब्युटिसियन क्षेत्रमा दुई दशक भन्दा लामो समयदेखि निरन्तर योगदान पुर्याएको भन्दै रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर रविभवनकी अध्यक्ष सोनी कारञ्जितलाई विशेष सम्मान प्रदान गरियो ।

केट काटेर मनाईएको सो वार्षिक उत्सब समारोहमा बोल्दै चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष शान्तिप्रियले सिनेमा, संगीत, मोडलिङ, ब्युटी, फेशनलगायतको क्षेत्रमा श्रब्य दृष्य र अनलाईन माध्यमबाट समाचार सम्प्रेषणगरी ब्युटी न्युज नेपालले सेवा पुर्याउँदै आएको बताए । उनले आउँदा दिनमा पनि ब्युटी न्युज नेपालको समाचार विश्वासनीयता अझ ससक्त होस भन्दै सफलताको कामना व्यक्त गरे ।

नेपाल कस्मेटिक ब्यबसायिक संघका अध्यक्ष एवम् ब्युटी न्युज नेपालको सल्लाहका रञ्जित पौडेलले ब्युटिसियन र कस्मेटिक क्षेत्रलाई मिडियाले वेवास्ता गरेको बेला ब्युटी न्युज नेपालले यो क्षेत्रको समाचार नियमित समेटेर उल्लेख्य योगदान पुर्याउँदै आएको छ भने । संघका तर्फबाट उनले ब्युटी न्युज नेपालको सफलताको कामना व्यक्त गरे ।

ब्युटी न्युज नेपालकी सल्लाहकार एवम् सम्मानित बरिष्ट ब्युटिसियन सोनी कारञ्जितले यो सम्मानले रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर परिवारमा अझ हौसला बढेको बताउँदै सिनेमा, संगीत, फेशन जस्तै ब्युटिसियन क्षेत्रमा ब्युटी न्युज नेपालको उल्लेख्य योगदान छ भनिन् । आफुहरु ब्युटी न्युज नेपालको साथमा रहेको बताउँदै उनले यसको अझ धेरै सफलताको कामना गरिन् ।

ब्युटी न्युज नेपालका सल्लाहकारहरु कलंकी व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष अनिता खड्का रायमाझी, रश्मिलाज फेसियल हाउसका प्रबन्ध निर्देशक प्रकाश कुमार श्रेष्ठ, रविना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष सुलोचना श्रेष्ठ, काजल क्रियसनकी अध्यक्ष एवम् फेशन डिजाईनर काजल शर्मा, इन्टरनेशल इन्टिच्युट अफ फेशन टेक्नोलोजीका प्रबन्ध निर्देशक फुपु तेन्जिङ शेर्पाले पनि ब्युटी न्युज नेपालको सफलताको कामना व्यक्त गरे ।

चलचित्र पत्रकार संघका सचिब समिर बलामी, अधिवक्त लक्ष्मण महर्जन, नेचर इसेन्सका कन्ट्री डिरेक्टर रमेश उप्रेती, वादी हर्वलका कन्ट्री म्यानेजर मुकुन्द फुयाँल, ओम शान्ति व्युटी पार्लरकी अध्यक्ष मेनुका उप्रेती सिवकोटी, इभेन्ट बेटर ग्यालेक्सीका अध्यक्ष एवम् कोरियोग्राफर धिरज तण्डुकार, आर एन आर ग्रुपकी अध्यक्ष मञ्जु श्रेष्ठ, र्याम्प जोनकी अध्यक्ष रमी श्रेष्ठ, फ्लाईटेक इन्टरनेशलका अध्यक्ष नाजिर हुसेनलगायतले पनि व्युटी न्युज नेपालको सफलताको कामना गरे ।

वार्षिक उत्सब समारोहमा गायक यज्ञ सापकोटासँगै ब्युटी न्युज नेपालकी सरिता भारती, बिष्णु न्यौपाने, गायक रामकुमार बस्नेतलगायतका कलाकारको दोहोरी निकै आकर्षक थियो । ब्युटी न्युज नेपालका समाचारदाता एवम् श्रब्य प्रमुख प्रदीप कँडेलको प्रहसनले कार्यक्रमलाई थप मनोरम तुल्याएको थियो ।

जे ८९ ह्विस्कीले विशेष सहयोगमा सम्पन्न सो समारोहमा नृत्य, गायन, प्रहसनमा उत्कृष्ट भएका कलाकारहरुलाई पुरस्कार प्रदान गरिएको थियो । अन्त्यमा ब्युटी न्युज नेपालकी सम्पादक सरिना बुढाथोकीले सबैलाई धन्यबाद ज्ञापन गरिन् ।

रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, कलंकी ब्युटी पार्लर, रविना ब्युटी पार्लर, ओम शान्ति ब्युटी पार्लर, काजल क्रियसनसहित विभिन्न संस्थाको सहयोगमा ब्युटी न्युज नेपालको प्रथम वार्षिक उत्बस सम्पन्न भएको हो ।