जेनिषालाई फेस अफ लिटिलको उपाधि


ब्युटी न्युज नेपाल
काठमाडौं, २४ मंसिर

फेस अफ लिटिल फ्लावरको उपाधि जेनिषा श्रेष्ठले जितेकी छिन् । आर एन्ड आर गु्रपुको आयोजना र लिटिल फ्लावर पब्लिक स्कुल शँखमुल, काठमाडौंको सहकार्यमा सम्पन्न सो प्रतियोगितामा ४५ जना प्रतिस्पर्धीलाई पछि पार्दै जेनिषाले फेस अफ लिटिल फ्लावरको उपाधि जितेकी हुन् ।

विधालय स्तरका बालिकाहरुको व्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिका लागि सो कार्यक्रम आयोजना गरिएको आर एन आर गु्रपकी अध्यक्ष मञ्जु श्रेष्ठले बताईन् ।

काठमाडौंको जमल स्थित नाचघरमा आयोजित सो प्रतियोगितामा फस्ट रनर अपको उपाधि अंकिता श्रेष्ठले र सेकेन्ड रनर अपको उपाधि गुन्ज ठाकुरले जितिन् ।

सो प्रतियोगिताको बिजेताहरुको विभिन्न उपहार प्राप्त गरेका थिए । प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए ।