मनिषाले जितिन मिसेस युनिभर्समा एउटा टाईटल, आज फाईनल


ब्युटी न्युज नेपाल
काठमाडौं, २४ मंसिर

४ डिसेम्बरबाट फिलिपिन्सको केब्यु सिटीमा जारी संसार भरका विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता मिसेस युनिसर्भ २०१८ मा नेपालबाट मिसेस नेपाल युनिभर्सस मनिषा डंगोल श्रेष्ठले भाग लिएकी छिन् ।

मिसेस युनिभर्सल २०१८ को अन्य टाईटलको लागि आईतबार भएको प्रतिस्पर्धामा मनिषाले ‘मिसेस एन्जल हार्ट’ को उपाधि जितेकी छिन् । उत्कृष्ट सामाजिक कार्यबापत यो उपाधि उनले जितेकी हुन् ।

यो प्रतियोगिताको आज १० डिसेम्बरमा फाईनल हुँदैछ । प्रतियोगितामा विश्वका ८८ देशका महिलाहरु सहभागी भएका छन् । अहिलेसम्मको प्रतिस्पर्धामा आफु अगाडि रहेको मनिषाले बताएकी छिन् ।

लगातार ६ दिनको बन्द सत्रमा विभिन्न प्रशिक्षण पछि आफुहरु आज फाईनलमा उत्रन लागेको मनिषाले बताईन् । आफुले पुरा तयारी गरेको र उपाधि जित्नको लागि कुनै कसर बाँकी नराख्ने पनि उनले बताएकी छिन् । सोमबार अबेर साँझ भव्य समारोहबीच ८८ देशका विवाहित महिलाबाट मिसेस युनिभर्स २०१८ को चयन हुनेछ ।