ब्युटी न्युुज नेपाल
काठमाडौं, २३ मंसिर

गायक राज सागर र गायिका अन्जु श्रेष्ठले आधुनिक गीत आँखा बन्द…को भिडियो सार्वजनिक गरेका छन् । काठमाडौंमा एक समारोहबीच गायक राजसागरले आफ्नो जन्म उत्सब पारेर यो गीतको भिडियो रिलिज गरेका हुन् ।

गायिका अन्जुले आँखा बन्द गीत लेखेकी हुन् । आफुले गायक राजसागरको प्रेरणाले यो गीत लेखेको गायिका अन्जुले खुलाईन् । गायिकाबाट गीतकार बनेकी अन्जुले राजको जन्मदिनको अबसरमा उपहार स्वरुप यो गीत प्रदान गरेको बताईन् ।

अन्जुले गीत निकै राम्रो लेखेकाले आफुले यसलाई संगीत गरेर श्रोतामाझ ल्याएको राजले कार्यक्रममा बताए । राज सागर र अन्जुकै अभिनय रहेको यो भिडियोलाई पासाङ योञ्जन लामाले निर्देशन गरेका हुन् ।

प्रेमको गहिरो भावलाई चित्रण गरिएको भिडियो सन्जीत श्रेष्ठको छायाँकन र सुशिल न्यौपानेको सम्पादन रहेको छ । यो भिडियो हाईलाईट्स नेपालको युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

गीत बिमोचन समारोहमा गायकहरु आनन्द कार्की, राजन ईसान, संगीतकार राजु सिंह, कलाकार निर्मल शर्मालगायतले राज र अञ्जुलाई शुभकामना दिएका थिए ।