४० लाख खर्च गरेर बनाईयो तिरिमिरी तिरिमिरी…को भिडियो


ब्युटी न्युज नेपाल
काठमाडौं, २३ मंसिर

आगामी १८ माघबाट आउने चलचित्र ‘रणवीर’ को गीतको एउटा गीत महँगो सेट लगाएर काठमाडौंमा छायाँकन गरिएको छ । काठमाडौंका नक्साल स्थित बालमन्दिर चौरमा करिब २५ लाख खर्च गरेर तयार गरेको सेटमा गीतको छायाँकन गरिएको हो । ४० लाखको खर्चमो यो भिडियो तयार हुँदैछ ।

रणबीरको ‘तिरिमिरी तिरिमिरी तिनतारा…’ गीतको छायाँकन सेटमा पाँच दिनमा सम्पन्न गरिएको छ । करिब १०० जना कोरस सहित यो गीतमा रणबीरको मुख्य कलाकार सुशील सिटौला, शुभेच्छा खड्का र सुपुष्पा भट्टले नृत्य गरेका छन् ।

एउटा ठाउँमा हरेक दिन सेट परिवर्तन गर्दै गीतको छायाँकन सम्पन्न गरिएको निर्माता दीपेन्द्र रेग्मीले ब्युटी न्युज नेपाललाई जानकारी गराए । चर्चामा रहेका संगीतकार राजनराज शिवाकोटीको संगीतमा रहेको गीतमा शब्द र स्वर पनि उनकै रहेको छ । गीतमा राजनसंगै अन्जु पन्तले पनि स्वर दिएकी छिन ।

शुभेच्छा र सुपुष्पाले नेपाली टिपिकल ड्रेसमा यो गीतमा नृत्य गरेका छन् । गीतमा काम गर्दा निकै रमाईलो भएको र दर्शकले आफुहरुको नृत्य मन पराउने यी दुईले बताए । यो चलचित्रमा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको छ ।

यसैगरी निर्मात्री गोमा बिस्टले गीतलाई पनि विना सम्झौता तयार गरिएको बताईन,‘गीतमा हामीले फिल्म झैँ सम्झौता गरेका छैनौ’ उनले भनिन् ‘गीतमा १५० भन्दा बढी कोरस प्रयोग गरेर तयार गरिएको छ ।’

अर्का निर्माता दीपेन्द्रले भने,‘गीत राम्रो बनेकोले चाहिएको प्रोपर्टी त्यहि अनुरुप हामीले तयार गरेका हौ । गीत हेर्दा दर्शकलाई अडियो भन्दा भिडियो कमजोर नलाग्ने किसिमले तयार गरेका छौ ।’

गीतलाई रामजी लामिछानेले कोरियोग्राफ गरेका छन् । ‘गीतलाई भव्य बनाउन कुनै कसर बाँकि राखिएको छैन’ नृत्य निर्देशक रामजी भन्छन ‘मैले गरेको काममा यसलाई उत्कृष्ट भन्न सक्छु ।’