मिस मेक्सिकन भेनेसा बनिन् मिस वल्र्ड २०१८


एजेन्सी
संघाई, २२ मंसिर
नेपाली सुन्दरी सृँखला खतिवडाले मिस वल्र्डको उपाधि जित्ने आशा गरिएपनि अन्तत ः मेक्सिकोकी भेनेसा पोन्सी दे लिओनले मिस वल्र्ड–२०१८ को उपाधि जितेकी छिन् ।

चिनको सान्या शरहमा शनिबार बेलुका भएको अन्तिम प्रतिस्पर्धामा विभिन्न १२० देशका सुन्दरीहरुलाई पछि पार्दै मिस मेक्सिकोले मिस वल्र्डको ताज जितेकी हुन् ।

उत्कृष्ट पाँचमा परेको पाँच देशका सुन्दरीहरुबाट उनी मिस वल्र्ड २०१८ बनेकी हुन् । मिस वल्र्डको ताज चुम्नु अघि उत्कृष्ट पाँचमा पर्दा महादेशीय अवार्ड अन्तर्गत मिस वल्र्ड अमेरिकाको अवार्ड पनि उनले जितेकी थिईन् ।

यस्तै सो प्रतियोगितामा मिस वल्र्ड फस्ट रनरअपको उपाधि थाईल्यान्डकी निकोलेने पिचपा लिम्सनुकनले जितिन् । निकोलेनेले मिस वल्र्ड एशिया एन्ड ओसनको अवार्ड पनि जितेकी थिर्ईन् ।

यस्त महादेशीय प्रतियोगिता अन्तर्गत मिस बेलारुस, मिस जमाईका र मिस उगान्डाले आफ्नो महादेशको अवार्ड जितेका छन् ।

युगान्डाकी क्युइन एवेनाक्योले मिस वल्र्ड अफ्रिका, जमैकाकी काडिजाह रोबिन्सनले मिस वल्र्ड क्यारिबियन र बेलारुसकी मारिया भासिलेभिचले मिस वल्र्ड यृुरोपको महादेशीय उपाधि जिते ।