ब्युटी न्युज नेपाल
काठमाडौं २२ मंसिर

नेपालसंगै संयुक्त राज्य अमेरिकामा रहेर नेपाली इभेन्टस तथा कार्यक्रमहरु गर्दै आएको आर एन आर ग्रुपले अमेरिकामा नयाँ क्यालेन्डर लन्च गरेको छ । सन् २०१९ को क्यालेन्डरमा नेपाली सुन्दरीको ग्लामर फोटो प्रकाशित गरिएको छ । नेपाल संयाेजक मञ्जु श्रेष्ठका अनुसार नेपाल र अमेरिका दुबैतिरकाे सहकार्यमा क्यालेन्डर तयार भएकाे हाे ।

नेपालमा मोडलिङ गरिरहेका र अमेरिकामा रहेर मोडलिङ गरिरहेकाको फोटोशुट गरेर क्यालेन्डरमा तस्वीर सार्वजनिक गरिएको हो । अमेरिकामा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको क्यालेन्डरमा नेपाल र अमेरिकाको नेपाली सुन्दरीको तस्वीर छ ।

क्यालेन्डर युएसए (२०१९ शिर्षक राखिएको यस क्यालेन्डरको सुन्दरीहरुको तस्वीर नेपालमा चर्चित फोटोग्राफर महेश प्रधान र युएसएमा व्यस्त तथा चर्चित फोटोग्राफर विक्रान्त मान श्रेष्ठले खिचेका हुन् । इभेन्ट , फेशन शो तथा फिल्म प्रदर्शन समेत गर्दै आएको आरएनआर ग्रुपले यसअघि पनि क्यालेन्डर प्रकाशित गरिसकेको ग्रुपमा सदस्य मध्यका एक रोशन पुरीले बताए ।

नेशनल ब्याडमिन्टन खेलाडी समेत रहेका रोशन टेलिभिजन शो तथा इभेन्टसँग जोडिएको पुरानो नाम हो । पछिल्लो समय अमेरिकामा हुने गरेको विभिन्न इभेन्टमा जोडिने गरेका रोशनले क्यालेन्डरले आफ्नो पन झल्काउने बताए । ‘हाम्रो सुन्दरी पनि कम छैनन् भन्ने देखाउन पनि खोजेका हौु उनले भने ुहामीले क्यालेन्डर प्रयोग गर्नेपर्छ किन आफैले तयार गरेर प्रयोग नगर्ने ।’ उनले भने । रोशनले यसलाई नेपालसँगै क्यानडाको विभिन्न सहरमा समेत पठाइने बताए । उनले नेपालीसँग स्थानीयले क्यालेन्डर लिने गरेको बताए ।

क्यालेन्डरमा सन् २०११ कि मिस नेपाल युएस सुजिता बस्नेत , मिस वर्ल्ड अमेरिकाको टप १० मा पर्न सफल उकुषा गिरी , मोडल रोजी खुराना , मोडल सुनिक्षा मैनाली , मोडल स्वस्तिका प्रधान , मोदन न्यान्सी थापा , मोडल सिमरन चुडाल , मिस ग्लोबल क्विन २०१५ जस्मिन गुरुङ , मोडल दिपमाला ढकाल, मोडल श्रीया लोहनी , मोडल निकी आचार्य , मोडल सम्पदा बानिया र अभिनेत्री सारा सिर्पाईली फिचर्ड छन् । यी सुन्दरीहरुको सुन्दर तस्वीरले क्यालेन्डर सजिएको छ । यी सम्पूर्ण सुन्दरी नेपाली नै हुन् , केहि नेपालमै मोडलिङ गरिरहेका छन् भने केहि युएसएमा मोडलिङ गरिरहेका छन् ।