कपुरी कलार्इ सेन्सर बाेर्डकाे पिजी


ब्युटी न्युज नेपाल

काठमाडाैं २१ मंसिर

चलचित्र कपुरी क तयार भएकाे छ । यसै बर्ष नै देश तथा विदेशमा एकैसाथ प्रदर्शनको तयारीमा रहेको चलचित्र कपुरी क सेन्सर पास भएको छ । चलचित्र कपुरी कले सेन्सर वोर्डबाट ‘पिजी’ अर्थात् १६ वर्ष मुनिका दर्शकले अभिभावकको साथमा हेर्नु पर्ने प्रमाण पत्र उपलब्ध गराएको छ ।

गुञ्जन एण्ड कुसुम फिल्मस र बिजी बि इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा निर्माण भएको याे फिल्मलार्इ निर्देशन सविन बास्ताेलाले गरेका हुन्  ।

चलचित्र “कपुरी क” मा यसै चलचित्र मार्फत डेब्यु गरेका प्रकाश तिवारी, सिजल उप्रेती, बसन्ती भाट, चेतबहादुर सिंह “राजा”, सद्दाम हुसेन, सोनु राई, रिवाज बिसुराल, बुद्धिसागर खनाल, सोनिका बास्तोला, राजेश बिसुराल साथमा सबिन बास्तोलाको बिशेष भुमिका रहेको छ ।
पुर्ण मनोरन्जनात्मक कथामा कपुरी क बनेको उक्त चलचित्रको निर्देशन सबिन बास्तोलाले बताए । चलचित्रमा खेम थापा मगरको छायांकन, एकनारायण भण्डारीको संगीत, सन्तकुमार थापा मगरको कोरियोग्राफी रहेको छ ।