ब्युटी न्युज नेपाल
काठमाडौं १९ मंसिर

चलचित्र छक्का पञ्जा –३ ले यो साता राजधानी र मोफसलका १३ ओटा सिनेमा हलमा सफल प्रदर्शनीको ५१ दिन मनायो ।

यो फिल्मले ५१ दिनसम्म प्रदर्शन हुँदा कुल १९ करोडको व्यापार गरेको छ । यो चलचित्र तेस्रो हप्तासम्म १६ करोडको व्यापार गरेको थियो । बाँकी पछिल्लो चार हप्तामा तीन करोडको व्यापार गरेको हो ।

यो व्यापार भनेको छक्का पञ्जा सृँखलाको सबै भन्दा बढी व्यापार हो । मँगलबार बेलुका काठमाडौंमा एक समारोह आयोजना गर्दै छक्का पञ्जा ३ को टिमले यो चलचित्रको ५१ दिबसीय सफल प्रदर्शनीको खुसी साट्यो ।

सोही क्रममा यो चलचित्रकी निर्माता निर्देशक एवम् अभिनेत्री दीपाश्री निरौलाले यसको अहिलेसम्मको व्यापार बारे भनिन्,‘हाम्रो चलचित्र यो १९ करोड भन्दा माथिको ब्यापार गरिसकेको छैन । अब २० करोड पुग्ने तयारीमा हो ।’ अझै पनि केही मल्टिप्लेक्समा छक्का पञ्जा ३ सुखद रुपमा प्रदर्शन भईरहेको उनले बताईन् ।

निकै भव्यसँग आयोजना गरिएको ५१ दीवसीय कार्यक्रममा सो चलचित्रको ५१ दिन मनाएका सिनेमा हलसहित, कलाकार, प्राविधिक, सञ्चारकर्मी, सहयोगलाई प्रसंसापत्र प्रदान गरियो ।