जानी नजानीको फस्ट लुक्स रिलिज


ब्युटी न्युज नेपाल
काठमाडौं, १७ मंसिर

चलचित्र ‘जानी नजानी’ को फस्ट लुक्सका रूपमा सोमबार पोस्टर सार्वजनिक गरिएको छ । फस्ट लुक्ससँगै १ चैत्रबाट देशव्यापी सिनेमा हलमा यो सिनेमा प्रदर्शन गरिने पनि निर्माण पक्षले घोषणा गरेको छ ।
सार्वजनिक गरिएको पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरू निरिशा बस्नेतसँगै मनीष श्रेष्ठ, सन्नी सिंह र नम्रता श्रेष्ठ समेटिएका छन् । जानी नजानीमा प्रकाश अधिकारी, कृष्णभक्त महर्जन, रोशनी केसीलगायतको अभिनय छ ।

चलचित्रलाई वसन्त अधिकारीले निर्देशन गरेका हुन् । उनका अनुसार चलचित्र आधुनिक प्रेम कथामा आधारित छ । जानी नजानी सञ्चारकर्मी सामीप्यराज तिमिल्सेनाले लेखेका हुन् ।

रोशनी इन्टरटेनमेन्टको ब्यानरमा निर्मित चलचित्रमा प्रस्तुतकर्ता रोशनी केसी हुन् । चलचित्रमा मोदनाथ खनाल र सागरकाजी मालीको लगानी रहेको छ ।

यसअघि चलचित्र डाक्टर खाते निर्माण गरिसकेकी रोशनीले जानी नजानीलाई राम्रो चलचित्र बनाउने हरप्रयास गरेको बताइन् । डाक्टर खाते निर्माण गर्दाको अनुभव प्रयोग गर्दै निर्माणमा कुनै सम्झौता नगरेको बताइन् ।