रोज फ्लप भन्नेहरुलाई प्रदीपको यस्तो जवाफ


ब्युटी न्युज नेपाल
काठमाडौं १६ मंसिर

अभिनेता प्रदीप खड्काले काम गर्दै जाँदा जाे काेही पनि सफलसंगै असफल हुने बताएका छन् । आफुले अभिनय गरेको चलचित्र रोज फ्लप भएको भन्नेहरुलाई अभिनेता प्रदीप खड्काले रमाईलो जवाफ दिएका छन् । 

कामना फिल्मस् अवार्ड २०७५ मा कार्यक्रम सञ्चालकको भूमिका निर्वाह गर्ने क्रममा उनले निकै रमाईलो गरेर दर्शकलाई निरन्तर हँसाएका थिए ।

सोही क्रममा अभिनेत्री केकी अधिकारीले प्रदीपलाई ब्याँग्य गर्दै तिम्रो रोज भन्ने फिल्म फ्लप भएको हैन र ? भन्ने प्रश्नमा प्रदीपले भने,‘फ्लप नै भएको हैन, अलिक कम व्यापार गरेको हो ।’

अभिनेत्री केकी अधिकारीले पनि आफुले फिल्म कोहलपुर एक्सप्रेसको सफलताको एक करोडको केक काटेर आत्म सन्तुष्टी माने पनि ब्यबसायिक रुपमा त्यो फिल्म पनि असफल भएको खुलासा गरिन् ।

जबाफमा अभिनेता प्रदीपले भने,‘बलिउडका सुपरस्टार आमिर खानको ठग्स अफ हिन्दुस्तान पनि त भर्खरै फ्लप भएको हो क्यार । यसरी काम गर्दै जाँदा हिट र फ्लप त भईरहन्छन, त्यसैले त्यसमा टेन्सन लिएर बस्नु भन्दा अगाडि काम गरिरहनु पर्छ ।’

यसरी प्रदीपले फ्लप र हिट भन्ने क्रम निरन्तरता भएकाले काम गर्दै जाँदा सबै कलाकारको जीवनमा हिट र फ्लप भन्ने भईरहने सान्दर्भिक जवाफ दिँदा दर्शकदीर्घाबाट निकैबेर ताली बज्यो ।