रणबीरको शक्तिशाली टिजर


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ मंसिर

माघ १८ मा रिलिज हुने नेपाली चलचित्र रणवीरको टिजर सार्वजानिक भएको छ । फिल्मले मोसन पोष्टर र पोष्टर सार्वजनिक गरेपछि टिजर सार्वजनिक गरेको हो । सार्वजनिक टिजरमा फिल्मका दुई कलाकार सुशील सिटौला र प्रशान्त ताम्राकार बीचको टसल देखाइएको छ । अघिल्ला फिल्मको तुलनामा सुशील यसमा फेरिएका छन् ।

उनले शारीरिकरुपमा पनि आफुलाई परिवर्तन गरेको पाइन्छ । फिल्ममा प्रशान्त नेगेटिभ क्यारेक्टरमा देखिएका छन् । एक्सन जनरको फिल्मको टिजरमा यी दुई बीचकै टसल र बदलाको भावनालाई चित्रण गरिएको छ । फिल्ममा सुशील र प्रशान्तसँगै शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवि गिरी, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रबारे सुशील सिटौला भने,‘ फिल्मको लागि मैले कति मेहनत गरे भन्ने कुरा शब्दले व्यक्त गर्नु भन्दा पनि भिजुअलले नै व्यक्त गर्छ नै । यसमा मलाइ अघिल्ला फिल्मको सुशील पाउनु हुदैन । एक्सनको लागि मैले आफुलाई तयार गरेको छु । फिल्म राम्रो बनेको छ ।’ एउटा बेरोजगार युवाको संघर्ष र उसको रिभेन्जनै फिल्मको विषयवस्तु भएको उनले बताउ ।

महङ्गो बजेटमा तयार भएको फिल्मलाई गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेका हुन् । यसमा कथा , पटकथा , संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, गम्भिर बिष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । पछिल्लो समय लभ स्टोरी र कमेडी शैलीका फिल्म आइरहेका बेला रणवीर भने एक्सन र थ्रिलले भरिपूर्ण छ ।

निर्माता दिपेन्द्र रेग्मीले भने,‘हामीले फिल्म मेकिङमा कुनै कन्जुसियाई गरेका छैनौ । फिल्मलाई निकै मेहनतका साथ् तयार गरेका छौ । फिल्म हेरिरह्दा दर्शकले प्रस्तुतीकरणमा पक्कै पनि भिन्नता पाउनु नै हुनेछ । फिल्मले दर्शकलाई कहिँ कतै निराश बनाउनेछैन ।’