ब्युटी न्युज नेपाल
काठमाडौं, १३ मंसिर

सरकारी जागिरतर्फ साथीहरुले सुझाब दिँदा म ब्युटीपार्लर क्षेत्रमा केही गर्छु भनेर दुई दशक अघि अठोट लिएकी अग्रज ब्युटिसियन अनिता खड्का रायमाझीले यो क्षेत्रमा लोभलाग्दो सफलता हाँसिल गरेकी छिन् ।

अहिले काठमाडौंको कलंकी क्षेत्रमा उनी सफल र सिद्धहस्त ब्युटिसियनको रुपमा लोकप्रिय छिन् । काठमाडौंका सफल ब्युटिसियनको सुचीमा समेत परिचय बनाएकी अनिता काठमाडौंको कलँकी मन्दिर स्थित ‘कलँकी व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर’की अध्यक्ष हुन् । उनले दुई दशकदेखि त्यहाँ यो पार्लर एवँ ट्रेनिङ सेन्टर सञ्चालन गर्दै आएकी छिन् ।

ब्युटिसियन बन्छु भनेर उनले २० वर्ष अघि सोल्टी होलिडे इन क्राउन प्लाजा (सोल्टी होटल)बाट व्युटिसियन सम्बन्धि प्रशिक्षण लिएकी थिईन् । त्यसपछिबाट आफ्नो पार्लर सुरु गरेकी हुन् । अहिले उनको पार्लर कलंकी क्षेत्रको कुलश र सफल पार्लरको रुपमा लोकप्रिय छ ।

यो सफलता हाँसिल गर्नुमा बुबाको मुख्य प्रेरणा रहेको यी बरिष्ट ब्युटिसियनले बताएकी छिन् । आरुका बुबाले छोरीलाई डक्टर, इन्जिनियर बन्नपर्छ भन्ने गरेकोमा अनितालाई बुबाले ब्युटिसियन नै बन्नु पर्छ भनेका रहेछन् । सोही कारण अनिताको यात्रा ब्युटीपार्लर तर्फ मोडिएको रहेछ ।

अनिताका अनुसार कलँकी व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कलँकीकै सबै भन्दा पुरानो र उत्कृष्ट सेवा दिने पार्लरहरुमा पर्छ । उनले व्युटिकेयर, स्किन केयरसँगै व्युटिसियन सम्बन्धि आधुनिक सेवा दिँदै आएकी छिन् । आफुले अझ ब्राईडल मेकअपलाई विशेष लक्षित गर्दै आएको पनि अनिता खड्का रायमाझीले बताईन् ।

कलँकी व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरले व्युटिसियन सम्बन्धि ट्रेनिङ दिन थालेको १५ वर्ष भन्दा बढी भएको छ । बरिष्ट ब्युटिसियन अनिता खडकाको ब्युटीपार्लर सम्बन्धिका विविध रोचक पक्षलाई समेटेर ब्युटी न्युज नेपालकी सरिता भारतीले निकै रमाईलो कुरोकानी गरेकी छिन् । भिडियोमा हेरौं बरिष्ट ब्युटिसियन अनिताको अन्तरवार्ता ः