बोर्ड सदस्यमा महर्जन र दाहाल नियुक्त


व्युटी न्युज नेपाल
काठमाडौं १३ मँसिर

बिगत ६ महिनादेखि रिक्त रहेको चलचित्र विकास बोर्डको दुई ओटा सदस्य पदमा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले बुधबार नियुक्त गरेका छन् । यस अघि बोर्ड सदस्य रहिसकेका नरेन्द्र महर्जनलाई पुन सोही पदमा दोहोर्याएका नियुक्त गरिएको छ । चलचित्र निर्देशक दयाराम दाहाललाई पनि उनले बोर्ड सदस्यमा नियुक्त गरेका छन् । बुधबार संचारमन्त्री गोकुलप्रसाद बास्कोटाले मन्त्रीस्तरीय निर्णय गर्दै उनीहरुलाई सदस्यमा नियुक्त गरेका हुन ।

चलचित्र निर्देशक दाहाल मन्त्री बासकोटाको चुनावी क्षेत्र काभ्रेका हुन् । सोही कारण उनी बोर्ड सदस्यमा नियुक्त हुने चर्चा पहिलाबाटै चलेको थियो । यता महर्जनलाई बक्स अफिसको प्रकृयालाई निरन्तरता दिन पुन नियुक्त गरिएको प्रतिक्रिया मन्त्रीले चलचित्रकर्मीलाई दिएका छन् ।

नरेन्द्र महर्जन चलचित्र निर्माता, वितरक र हल सञ्चालक हुन् । त्यसैगरी दयाराम दाहाल चलचित्र निर्देशक हुन् । दुबैले पत्र बुझेर बिहिबारबाट आफ्नो पद बहाली गरेका छन् ।