#Breaking# १२६ घन्टा नाचेर विश्व रेकर्ड बनाएपछि घरमा आराम गर्दै बन्दना (हेर्नुस भिडियाे)


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ मंसिर

नेपालकी १७ वर्षीया चेली बन्दना नेपालले अन्तत लगातार १२६ घन्टा नाचेर विश्वमा सबैभन्दा लामो समय निरन्तर नृत्यको विश्व किर्तीमानी सफलता हाँसिल गरेकी छिन् । त्यो सफलतापछि बुधबारसाँझबाट उनी घरमै आराम गरिरहेकी छिन् । विश्व रेकर्ड कामय भएपछि बन्दना अस्पतालको बेडमा भन्ने खबर विभिन्न मिडियामा आएपछि उनका बुबा राम नेपालले छोरी बन्दना घरमै आराम गरिरहेको ब्युटी न्युज नेपाललाई जानकारी गराए ।

गत ७ मंसिर शुक्रबार बिहान ९ देखि नेपाली पोशाकमा सजिएर निन्द्रा, भोजन, आरामसबैलाई चुनौती दिँदै धनकुटाकी चेली बन्दनाले नृत्य सुरु गरेकी हुन । उनले बुधबार दिउँसो ३ बजेर १५ मिनटसम्म नाचेर १२६ घन्टाको विश्व किर्तीमानी रेकर्ड बनाएकी हुन् । अब अर्को सातासम्म उनको विश्व किर्तीमानीको प्रमाणपत्र नेपाल आउने छ ।

केराला, भारतकी कलामण्डलम् हेमलथाले दुई वर्ष अघि लगातार नृत्यको १२३ घन्टा १५ मिनटको रेकर्ड राखेकी थिईन् । त्यो रेकर्ड तोडेर बन्दनाले १२६ घन्टा निरन्तर नृत्यको नयाँ रेकर्ड कायम गरेकी हुन् । यो रेकर्ड कायम गरेर शुभकामना तथा विदाई समारोहपछि बेलुका घर पुगेकी उनी यतीबेला काठमाडौंको बुढानिलकण्ड स्थित आफ्नै घरमा आराम गरिरहेकी छिन् ।

‘अहिले उनी घरमै आराम गरिरहेकी छिन र आरामसँग निदाईरहेकी छिन् । लगातार ५ रात ६ दिन अर्थात १२६ घन्टा नाच्दा उनलाई सबैभन्दा बढी निन्द्राले सताएकाले उनी आफ्नो निन्द्रा पुरा गर्न सुतिरहेकी छिन् ।’ बुबा रामले भने,‘ चिकित्सकका अनुसार बन्दनाको रक्तचाप, सुगर, सबै ठिक भएको तर केही शारीरिक कमजोरी भएकाले पहिला उनलाई निन्द्रा पुर्याउन दिनु भनेपछि छोरीले आराम गरेकी हुन् । निन्द्रा पुर्याएपछि उनको स्वास्थ्य परीक्षण गराउने छौं ।’