सात दर्जन हलमा ड्रिम गर्ल


रिलिज चलचित्र

ब्युटी न्युज नेपाल
काठमाडौं, ७ मँसिर

चलचित्र ‘ड्रिम गर्ल मुलुकका ७ दर्जन सिनेमा हल शुक्रबारबाट रिलिज भएको छ । चलचित्रमा अभिनेता आकाश श्रेष्ठ र नवोदिन अभिनेत्री आश्मा गिरीलाई जोडीको रुपमा हेर्न पाईन्छ ।
यो चलचित्रको निर्देशन ऋषिराज आचार्यले गरेका हुन् । ड्रिम गर्ललाई प्रेम कथामा आधारित द्धन्द्ध र हास्यप्रधान चलचित्रको रुपमा आफुले तयार गरेको उनले बताए ।

आचार्यकै लेखन रहेको यो चलचित्रबारे निर्देशक आचार्यले भने,‘हरेक युवाहरुले विवाह आघि यस्ती युवतीसँग विवाह गर्छु भनेर आफ्नी प्रेमिका तथा हुनेवाला श्रीमतीको कल्पना गर्छन । त्यो कल्पना गर्ने युवती र वास्तविक जीवनकी प्रेमिकाबीचको भिन्नता र यथार्थतालाई यो चलचित्रमा कथाको रुपमा प्रस्तुत गरिएको छ ।’

निर्देशक आचार्यले ड्रिम गर्ल मनोरञ्जन प्रधान सिनेमा भएको बताए ।

दुई करोड भन्दा बढी लगानीमा बनेको यो फिल्ममा आकाश श्रेष्ठ, आश्मा गिरी,सरोज खनाल, अर्जुन श्रेष्ठ, बिल्सन बिक्रम राई, शिसिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा गैडा, लक्ष्मी गिरी,रश्मी भट्ट, सुरवीर पण्डितलगायतले अभिनय गरेका छन् । चलचित्रलाई नेपालको काठमाडौं आसपास सहित रारा ताल क्षेत्र र बैंककमा छायाँकन गरिएको हो ।

चलचित्रमा राहुल राई र रामेश्वर हुमागाईको छायाँकन, अर्जुन पोखरेलको संगीत, नवीन निरौलाको सम्पादन छ । निर्देशक ऋषिराज सहित अर्जुन शर्मा र रामेश्वर धिताल, दक्षिण भारतको रिल एण्ड रियल सिनेमा कम्पनीले यो फिल्म निर्माण गरेका हो ।