गरुड पुराणको म त पिरिममा नाचे निश्चल, कर्मा र प्रियँका


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ मँसिर

चलचित्र ‘गुरुड पुराण’को नयाँ गीत ‘म त पिरिममा…’को भिडियो बिहिबार बेलुका रिलिज गरिएको छ । आगामी ४ माघबाट सिनेमा हलमा रिलिज हुने यो चलचित्रलाई सुवास कोईरालाले निर्देशन गरेका हुन् ।

यो गीतमा कोशिस क्षेत्रीको संगीत रहेको छ । गीतलाई दिनेश राउतले लेखेका हुन् । कोशिस र मनिषा पोखरेलको स्वरमा यो गीत रेकर्ड गरिएको छ ।

अभिनेता÷निर्देशक निश्चल बस्नेतले यो गीतको भिडियोमा अभिनय गरेका छन् । उनी पछिल्लो समय गीतमा मोडलका रुपमा छाउन थालेका छन् । गीतको भिडियोमा मा निश्चलसँगै कर्मा शाक्य, गरुड पुराणकी नवोदित अभिनेत्री प्रियंका सिंह ठकुरी र मोडल अञ्जली योञ्जनको नृत्य छ ।

रेनाशा वान्तवा राईको कोरियोग्राफी रहेको यो गीतमा प्रियँका र अञ्जली ग्लामर रुपमा प्रस्तुत भएका छन् । गीतमा यी दुइसँगै निश्चलको नृत्य पनि आकर्षक छ ।

फिल्ममा प्रियँकासँगै नाजिर हुसेन, कर्मा शाक्य, कामेश्वर चौरसिया, प्रविण खतिवडासहित विभिन्न कलाकारको अभिनय समेटिएको छ ।

निर्माताको रुपमा अजित प्रजापति र अशोक गौतम रहेका छन् । सुसन प्रजापतिको छायाँकन रहेको यो चलचित्रलाई उज्ज्वल ढकालले सम्पादन गरेका छन् ।

पारिवारिक प्रेमकथामा आधारित गरुड पुराणमा हास्य रस पनि प्रसस्त रहेको निर्देशक सुबास कोईरालाले बताएका छन् । आकाश बराल, बिनोद खतिवडा र सुवास आफैंले पटकथा सम्बाद लेखेको यो फिल्मको कथा कसम नेपालको हो ।