चुड्का भजन शैलीमा चलचित्र गोपीको गीत


ब्युटी न्युज नेपाल
काठमाडौं ५ मँसिर

चलचित्र ‘गोपी’ को पहिलो गीतको रुपमा लक्ष्मी कहिले काली…गीतको भिडियो बुधबार भिडियो सञ्जाल युट्युवबाट रिलिज गरिएको छ । बुद्धिसागरले लेखेको यो गीतमा अर्जुन पोखरेल र उनका बुबा बाबुराम पोखरेलको संगीत छ । यो चुट्का भजन शैलीको गीतलाई ध्रुव बिस्को र एन्जिला रेग्मीले गाएका हुन् ।

भिडियोमा चलचित्रका कलाकार विपिन कार्की, वर्षा राउत, अंकित खड्का, भोला सापकोटा लगायतको नृत्य छ । गोविन्द राईले गीतको नृत्य निर्देशन गरेका हुन् । भजनमा पौढ देखि तन्नेरी पुस्तासम्मका नृत्य कलाकारले चुड्दा नाच देखाएका छन् ।

दीपेन्द्र लामाले निर्देशन गरेको यो चलचित्रलाई आरोही इन्टरटेनमेन्टकालागि आरोही केसीले निर्माण गरेकी हुन् । यसलाई १८ माघबाट सिनेमा हलमा ल्याईँदै छ । सामिप्य तिमिल्सेनाले लेखेका यो फिल्ममा शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ । सुरक्षा पन्त, प्रकाश घिमिरे, रमेश अधिकारी, सरोज अर्याल, कमलमणि नेपाल, हिउँबाला गौतमसहितको अभिनय रहेको गोपीका कार्यकारी निर्माता श्रीधर पौडेल हुन् ।