मिस वल्र्डको दौडमा सृँखला अगाडि


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ मँसिर

मिस नेपाल वल्र्ड सृँखला खतिवडा मिस वल्र्ड २०१८ को प्रबल दाबेदार बनिरहेकी छिन् । बुधबारसम्मको भोटिङमा पनि उनी अगाडी छिन् ।

मिस वल्र्डको लागि खुला गरिएको आधिकारिक भोटमा अहिले पनि सृँखला पहिलो नम्बरमा छिन् । बुधबार बिहानसम्म प्राप्त कुल मत मध्य सृँखला खतिवडाले २८ प्रतिसत अर्थात १ लाख ६२ हजार मत प्राप्त गरिसकेकी छिन् । उनी पछि दोस्रो नम्बरमा मिस रसिया रहेकी छिन् । मिस रसियालाई प्राप्त कुल मत मध्य ४ प्रतिसत अर्थात २५ हजार मत प्राप्त भएको छ । सृँखला नौ दिन देखि चीनमा छिन् ।

आगामी ८ डिसेम्बर बेलुका चीनको सान्य शहरमा मिस वल्र्डको अन्तिम प्रतिस्पर्धा हुँदैछ । नौ दिन अघिबाट विश्वका १२१ देशका सुन्दरीहरु मिस वल्र्डको लागि सान्यामा विभिन्न चरणको प्रतियोगिता र प्रशिक्षणमा छन् ।

मिस वल्र्डको लागि काउन डाउन सुरु भईसकेको छ । विश्वका विभिन्न च्यानलहरुले यस पटकको मिस वल्र्डको दावेदारको रुपमा सृँखला खतिवडालाई पनि लिएका छन् । विभिन्न युट्युव तथा टेलिभिजन च्यानलले मिस वल्र्ड २०१८ का सम्भावित बिजेताहरुमा नेपालबाट सृँखला खतिवडालाई पहिलो देखि सातौं नम्बरसम्म राखेका छ । उनी एशियाबाट सबैभन्दा प्रभावशाली सावित भईसकेकी छिन् भने मिस वल्र्डको उपाधि पनि उनले जित्न सक्ने धेरैको दाबी छ । उनी मिस वल्र्ड २०१८ को बिजेता बन्ने विभिन्न आधारहरु छन् । जसका लागि हेर्नुस यो भिडियो–

प्रस्तुति – जनयसुब्बा मानन्धर