ब्युटी न्युज नेपाल
काठमाडौं ४ मँसिर

ए मेरो हजुर २ बाट डेब्यु गरेका अभिनेता सलिनमान बनियाँ अभिनित दोस्रो चलचित्र ‘यात्रा’ (ए म्युजिकल भ्लग) आगामी नयाँ वर्षको अबसर पारेर २७ चैतमा रिलिज गरिने भएको छ ।

यो मितिमा अभिनेता अनमोल केसी अभिनित झरना थापाको फिल्म ‘ए मेरो हजुर–३’ रिलिज गरिने भएको छ । निर्माता सुनिल कुमार थापाले दशैं अघि यो फिल्मको रिलिज डेट घोषणा सहित फस्ट लुक्स रिलिज गर्दै छायाँकन थालेका थिए ।

निर्माता केशब भट्टराई र शुशिल पोखरेलले पनि नयाँ वर्षकै समय रोजेर २९ चैतमा चलचित्र यात्रा रिलिजको घोषणा गरेका हुन् । यो चलचित्रको छायाँकन सकेर अहिले सम्पादनको कार्य भईरहेको छ ।

यात्राको फस्ट लुक्सको रुपमा मँगलबार एउटा पोष्टर पनि रिलिज गरिएको छ । पोष्टरमा सलिनमान भ्लगरको रुपमा ट्रयापडमा क्यामेरा लिएर उभिएका छन् । फिल्मलाई सम्राट शाक्यले निर्देशन गरेका हुन् ।

सलिनमानसँगै यो फिल्ममा सलोन बस्नेत, प्रेक्षा बज्राचार्य, रियर राई, जान्भी बस्नेत, विशाल कटुवाल, प्रकाश अधिकारी, धिरेन शाक्य, राजाराम पौडेल, नानी काजी डंगोल, विन्दा खतिवडा लगायतको अभिनय छ