यस्तो छ सुश्री सम्पत्तिको फस्ट लुक्स


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ मँसिर

प्रदर्शन मिति नजिकिँदै गर्दा चलचित्र ‘सुश्री सम्पति’ को फस्ट लुक्स रिलिज गरिएको छ । यस अघि दुई ओटा गीत रिलिज गरिसकिएको यो चलचित्रको सोमबारसाँझ फस्ट लुक्सको रुपमा पोष्टर रिलिज गरिएको हो ।

आउँदो २८ मंसिरबाट रिलिज हुने भनिएको यो सिनेमालाई सञ्चारकर्मी सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । उनले फस्ट लुक्सका रूपमा तीनओटा पोस्टर सार्वजनिक गरेका छन् ।

रमेश त्वायना प्रस्तुतकर्ता रहेको यो चलचित्रको कथा पनि निर्देशक सुव्रतकै हो । उनले पोस्टरमा चलचित्रका मुख्य तीन पात्र सलोन बस्नेत, सारा सिर्पाली र बिनो न्यौपानेलाई समेटेका छन् । चलचित्रको कथा यी तिनकै वरिपरि घुम्ने पोस्टर पात्रहरुलाई स्थान दिएको पनि आचार्यले बताए ।

विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार पनि निर्माता रहेको यो सिनेमामा अभिमन्यू निरवीको लेखन रहेको छ । यसमा सलोन, सारा र बिनोदसँगै राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरीसहितको मुख्य भूमिका छ । प्रियंका कार्की विशेष भूमिकामा रहेको पनि आचार्यले जानकारी गराएका छन् ।