सची पौडेल मिस एभिसन क्विन–२०१८


ब्युटी न्युज नेपाल

काठमाडौं, ४ मँसिर

 ‘मिस एभिएसन क्विन–२०१८’ को उपाधि ललितपुरकी सची पौडेलले हाँसिल गरेकी छिन् । काठमाडौंमा सम्पन्न प्रतियोगितामा १८ जना प्रतिस्पर्धिलाई पाखा लगाउँदै सचीले यो उपाधि जितेकी हुन् । उपाधिसँगै उनले एउटा एयरलाइन्स कम्पनिमा एयर होस्टेसको जागिर पाउने निश्चित गरेकी छिन् भने विभिन्न उपहारहरु समेत प्राप्त गरिन् ।

टच ईन्टरटेन्मेन्ट तथा स्पर्श फिल्म्सले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगितामा पूनम लिम्बु फस्ट रनर अप, सुमी पोर्तेल सेकेण्ड रनर अप घोषित भए । दीपिका पाठक तथा नेहा चौधरीले क्रमशः थर्ड रनर अप र फोर्थ रनर अप भए ।

साहारा ईन्टरनेशनल एयरहोस्टेस एकेडेमीको सहकार्यमा आयोजित उक्त प्रतियोगितामा एयर होस्टेसको प्रशिक्षण लिएका तथा लिइरहेका १९ जना युवतीहरुले प्रतिस्पर्धा गरेका थिए ।

थापाथलीस्थित मुड्स लाउञ्जमा अभिनेता एसराज गराच तथा तेन्जु योञ्जनको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा विभिन्न शीर्षक उपाधिहरु समेत प्रदान गरिएको थियो ।

प्रतियोगितामा कविता घलले बेस्ट स्पिच, पुनम लिम्बुले बेस्ट सिंगर, श्रेया सिंह ठकुरीले बेस्ट डान्सर, रिजा उदयले एक्स्ट्रा ट्यालेन्ट, सची पौडेलेले मिस ट्यालेन्ट, लक्ष्मी तामाङले मोस्ट पपुलर, छुनु सेन्चुरीले मोस्ट पपुलर अन इन्टरनेट, नेहा चौधरीले भ्युअर्स च्वाइसको उपाधि पाए ।

यस्तै दीपिका पाठक बेस्ट पर्सनालिटी, नेहा चौधरी बेस्ट स्माइल, सुमी पोर्तेल मिस फोटोजेनिक, यान्जिला शेर्पा मिस ब्युटिफूल, बबिना अर्जेल मिस चार्मिङ, अलिशा चौलागाई मिस फ्रेण्ड्ली, अनिशा न्यौपाने मिस डिसेन्ट, कृती खत्री मिस इनर्जेटिक, रीया भारती बेस्ट पर्फमर र मोस्ट कन्फिडेन्ट, एन्जिमा शेर्पा मिस इन्टेलिजेन्ट, दिक्षा चौधरी मिस क्याटवाक तथा आँचल खड्का मिस डाइनामिक घोषित भए ।

हास्य अभिनेता गोपाल ढकाल छन्देद्वारा सञ्चालित सो  प्रतियोगिताको व्यवस्थापन जोर्डन राजभण्डारी तथा विजया शाहले गरेका थिए ।

प्रदेश नम्बर ३ का प्रदेश सभा सदस्य गणेश दुलालको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगितामा अभिनेता सुनिल थापा, त्रिभुवन विमानस्थलका व्यवस्थापक राज क्षत्री, नेपाल एयरलाइन्सका निर्देशक अच्युतराज पहाडी, नेपाल रेस्लिङ एसोसिएसनका अध्यक्ष नारायण देव राणा, बुद्ध एयरलाइन्सका मार्केटिङ म्यानेजर बिनिता थापा, मिस नेपाल २००० उषा खड्गी, मोडल दिक्पाल कार्की र एयर होस्टेस पूजा सिलवाल निर्णायक थिए ।