ब्युटी न्युज नेपाल
काठमाडौं ३ मँसिर

यसअघि ७ मंसिर रिलीज हुने भनिएको नेपाली चलचित्र दि कर्मा ४ माघलाई सरेको छ । चलचित्रका निर्माता जयराज रायका अनुसार बिशेष कारणवश यो चलचित्रलाई माघमा सारिएको हो ।

यही मितिबाट सुवास कोईरालाको चलचित्र गरुड पुराण पनि रिलिज हुँदैछ । त्यसैले अब ४ माघमा दुई नेपाली सिनेमा आउने छन् । चलचित्रलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा बनेको उक्त फिल्मलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् । जय मिडिया म्यानेजमेन्ट प्रा।लि।को ब्यानरमा बनेको ‘दि कर्मा’ को कथा निर्माता राय आँफैले लेखेका हुन् । निशा खतिवडा निर्मात्रीको रुपमा रहेको फिल्मको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो ।

भारतका मोडल तथा कलाकार करण वर्माको अभिनय रहेको यो चलचित्रमा करणका अलावा नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्दी तामाङ्ग, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

दि कर्माको स्क्रिनप्ले र डाइलग शुशील पोखरेलको हो ।काठमाडौंमा काफिया फिल्मस् र उपत्यका बाहिर बैङकेटेश ईन्टरटेन्मेन्टले वितरण गर्ने छ ।