२५ माघबाट ऋचा र छुल्ठिमको यता न उता


ब्युटी न्युज नेपाल
काठमाडौं ३ मँसिर

चलचित्र ‘यता न उता’को रिलिज डेट फाइनल गरिएको छ । मिराज रोश र बिशारद बस्नेतले मिलेर निर्देशन गरेको यो चलचित्रको आगामी २५ माघबाट मुलुकका विभिन्न सिनेमा हलमा प्रदर्शन गरिने भएको छ ।
अल नेपाल प्रदर्शनमा आउने छ । कमेडी कथामा निर्माण भएको सिनेमाको रिलिज डेट वितरकको सहमतीमा माघ २५ लाई पक्का गरिएको निर्माता तथा निर्देशक मिराज रोशले बताए ।

यो चलचित्रमा ऋचा शर्मा, छुल्ठिम गुरुङ, मिराज रोश, समिर दीक्षित, बुद्धि तामाङ, रबिन्द्र झा, राजाराम पौडेल, कमलमणी नेपाल, नम्रता सापकोटा, सिल्सा जिरेल, लुभिना तुलाधर, राजन खतिवडा, जयनन्द लामा लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

त्रन्त्रालय फिल्मस् र हाइलाइट नेपालको ब्यानरमा निर्माण भएको सिनेमामा ओम गुरुङ र रिना लामाले बनाएका हुन् । यसका अन्य निर्मातामा अमित अर्याल, बिजय अवाले, बिनिता अधिकारी, डाक्टर निराजन शर्मा लगायतको लगानी रहेको छ ।

सिनेमामा राजन इशान र मिलन जलानको संगीत, विक्रम स्वारको कोरियोग्राफी, अरोन अशोक कुमारको छायाँकन, निदेशक मिराज रोशको कथा, अभिमन्यु निरबीको पटकथा तथा सवांद, विपिन मल्लको सम्पादन रहेको छ ।