प्रदीप र साम्राज्ञी नयाँ चलचित्रमा सँगै 


ब्युटी न्युज नेपाल

काठमाडौं, १ मँसिर 

अहिले चर्चामा रहेका अभिनेता प्रदीप खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई अब दर्शकले चलचित्रमा सँगै देख्न पाउने भएका छन् ।

हेमराज बिसीको निर्देशनमा तयार हुने नयाँ चलचित्रका लागि शुक्रबार प्रदीप र साम्राज्ञी अनुबन्धित भएका छन् ।

यो चलचित्रलाई ह्याप्पी प्लानेट र काफिया फिम्स्ले निर्माण गर्ने भएको छ । चाँडै नाम घोषणा गरिने यो चलचित्रलाई हेमराज बिसीले नै लेखेका हुन् ।

चलचित्रलाई आगामी जेठ वा असारबाट छायाँकन गरिने भएको छ । प्रस्तुतकर्ता गोविन्द शाहीका अनुसार यो चलचित्रको जर्मन, फ्रान्स, स्विजरल्यान्ड, बेल्जियम र इटालीमा छायाँकन गरिने छ । चलचित्रको लागत चार करोड लाग्ने पनि शाहीले बताएका छन् ।

चलचित्रलाई ह्याप्पी प्लानेटका तर्फबाट रेणु राणा, दीपक खतिवडा, रुपक थापा, अमन कुमार भण्डारी, काफिया फिल्मस्को तर्फबाट काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।