गुनगुनसँगै हलमा आईन गुमनाम संचिता


व्युटी न्युज नेपाल
काठमाडौं, ३० कात्तिक

शुक्रबारको रिलिज अन्तर्गत यो शुक्रबारबाट काठमाडौंमा दैलोसँगै अर्को चलचित्र ‘गुनगुन’ प्रदर्शनमा आएको छ । यो चलचित्रलाई पुकार भट्टराईले निर्देशन गरेका हुन् । केही वर्ष यता सिनेमाबाट गुमनाम हुँदै गाएकी संचिता लुईटेल फेरी यो फिल्मबाट दर्शकमाझ आएकी हुन् ।

आफ्नो चलचित्र मुलुकका तीन दर्जन भन्दा बढी सिनेमा हलबाट एकसाथ प्रदर्शनमा आएको गुनगुनका निर्देशक भट्टराईले व्युटी न्युज नेपाललाई जानकारी गराए ।

बिगत तीन दशकदेखि चलचित्र कलाकारको रुपमा सक्रिय पुकारले सोही अनुभवको आधारमा चलचित्र गुनगुनको निर्देशन गरेको पनि बताए । निर्देशक भट्टराईका अनुसार यो चलचित्र सामाजिक कथाबस्तुमा आधारित छ । एक्सन प्रधान जनरामा बनेको सिनेमा दर्शकलाई मन परिरहेको पनि निर्देशक भट्टराईले जिकिर गरे ।

चलचित्र गुनगुनलाई निर्देशक पुकार भट्टराईले नै लेखेका हुन् । जसमा सौरभ लामाले खिचेको यो चलचित्रमा रामजी लामिछानेको नृत्य निर्देशन, अर्जुन जिसीको सम्पादन, अरुण रेग्मीको निर्माण व्यबस्थापन छ ।
गुनगुनमा संचिता लुइँटेल, रविन्द्र प्रताप सेन, सुवास मेचे , नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी , सुमेश श्रेष्ठ, राधा दाहाल, भिम मैनाली, बाल्दिप राई, विपिन प्रसाई र आफु स्वयम्को अभिनय रहेको पनि निर्देशक भट्टराईले बताए ।