आयो भिलेनको झनकुटु झ्याईं झ्याई…


व्युटी न्युज नेपाल
काठमाडौं, २९ कात्तिक

आगामी २७ पुषबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र भिलेनको नयाँ गीत झनकुटु झ्याईं झ्याई झनकुटु झ्याईं झ्याइ…श्रोता दर्शकमाझ आएको छ ।

अन्जु पन्त र रामचन्द्र काफ्लेको स्वरमा रहेको यो गीतलाई ललितपुरको सिरकाली चौरमा छायाँकन गरिएको हो । लोक भाकाको यो गीतलाई बुधबार बेलुका बुढा सुब्बाको युट्युब च्यानलबाट रिलिज गरिएको हो ।

एक नारायण भण्डारीले लेखेको यो गीतलाई लाल कुमार बरालले संगीत गरेका हुन् । गीत कर्णप्रिय बनेको छ । जसमा अभिनेत्री शिल्पा पोखरेलको नृत्य छ । यसलाई दीपेन्द्र तिमिल्सिना र दीपक श्रेष्ठले कोरियोग्राफी गरेका हुन् ।

चलचित्र भिलेनलाई देबेन्द्र पाण्डेले निर्देशन गरेका हुन् । यो चलचित्र आगामी २७ पुषबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । भिलेनमा निखिल उप्रेती शिर्षस्थ भूमिकामा छन् । निखिल सहित शिल्पा पोखरेल, निशा अधिकारी, कपिल खत्रीलगायतको मुख्य भूमिका यो चलचित्रमा रहेको छ ।

दीपेन्द्र तिमिल्सिना र दीपक श्रेष्ठको नृत्य निर्देशन रहेको यो चलचित्रलाई मिलन श्रेष्ठ र साहिल खानले सम्पादन गरेका हुन् । जसमा बसन्त सापकोटा, बाबुल गिरी र लालकुमार बरालको संगीत, शुक्रराज शाहको द्धन्द्ध निर्देशन, मदन कस्यप घिमिरे र सौरभ लामाको छायाँकन रहेको छ ।

सामाजिक कथामा निर्मित चलचित्र भिलेन एक्सन प्रधान रहेको पनि निर्देशक पाण्डेले जानकारी गराए । यो चलचित्रलाई कपिल खत्री र बलबहादुर श्रेष्ठले निर्माण गरेका हुन् । यो चलचित्रलाई सुनिल मानन्धरले बितरण गर्दैछन् ।