थुम्केलीलाई स्थानेश्वर राष्ट्रिय प्रतिभा पुरस्कार


ब्युटी न्युज नेपाल
काठमाडौं २८ कात्तिक

कलाकार तथा कला पत्रकार देवेन्द्र थुम्केली स्थानेश्वर राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन् । स्याङजामा आयोजित एक कार्यक्रममा उनीलगायत साहित्यमा सेवा गरेवापत देवेन्द्र लम्साल र सुर्यप्रसाद डुम्रे सम्मानित भएका हुन् ।

विगत दुई दशक देखि विभिन्न राष्ट्रिय पत्रिकाहरुमा कला पत्रकारका साथै कार्टुनिष्टका रुपमा सक्रिय देवेन्द्र थुम्केलीलाई ११ हजार १११ राशी सहित सम्मान गरिएको हो । ललितकला पत्रकार समाजका महासचिव थुम्केली कार्टुनिष्ट क्लबका पनि महासचिव हुनु ।

त्यस्तै भेष विन्दु साहित्य पुरस्कार ५ हजार ५५५ सहित साहित्यकार देवेन्द्र लम्साललाई प्रदान गरियो । उनी ज्याग्दीखोला साहित्य प्रतिष्ठानका अध्यक्ष हुन । लम्सालका आधा दर्जन भन्दाबढी पुस्तकहरु प्रकाशित छन् ।

यस्तै भेषराज सम्मानबाट सुर्यप्रसाद डुम्रेलाई दोसल्ला र सम्मानपत्र सहित सम्मान गरियो । गण्डकी प्रदेशका विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीले सम्मानित श्रष्टाहरुलाई पुरस्कार एवम् सम्मान प्रदान गरेका हुन् ।
डुम्रेका दुईथोपा आसु, दशै गयो रोएरै, कालीगंगाको तीरैतिर जस्ता कृति प्रकाशित छन् ।