मिष्टर, मिस एण्ड मिसेस राजधानीको खोजी सुरु


ब्युुटी न्युज नेपाल
काठमाडौं २८ कात्तिक

मिष्टर, मिस र मिसेस राजधानी २०१८को खोजी सुरु भएको छ । मिष्टर नेपालको आयोजक एक्सपोज नेपालले एकसाथ यी तीन सौन्दर्य प्रतियोगीता आयोजना गर्न लागेको हो ।

मंगलबार एक बिज्ञाप्ती जारी गर्दै एक्सपोजले तीनै प्रतियोगीताको लागि आवेदन खुल्ला गरेको छ । यी प्रतियोगीतामा युवा युवती देखि बिवाहित महिलासम्मले सहभागिता जनाउन सक्नेछन् ।

युवायुवतीका साथै विवाहित महिलाहरुको प्रतिभा निखार्दै जिम्बेवार नागरिक बन्न प्रोत्साहित गर्ने उदेश्य प्रतियोगीताको रहेको एक्पोज नेपालका प्रबन्ध निर्देशक अर्चना थापाले जानकारी दिइन् ।

तीन मध्य ‘मिस राजधानी २०१८’मा १५ देखि १९ वर्षसम्म उमेरका युवती, ‘मिस्टर राजधानीमा २०१८’ १५ वर्षदेखि १९ वर्षसम्म उमेरका युवा र ‘मिसेस राजधानीमा २०१८ ’ २१ वर्षदेखि ४५ वर्ष ननाघेका विवाहित महिलाले सहभागीता जनाउन सक्नेछन् ।