जुनुले ल्याईन चोलीको तुना…


व्युटी न्युज नेपाल
काठमाडौं, २७ कात्तिक

नयाँ गीत ‘चोलीको तुना कसेर…’ लिएर गायिका जुनु रिजाल काफ्ले श्रोता तथा दर्शकमाझ आएकी छिन् । यो नयाँ गीतको भिडियोलाई उनले युट्युव मार्फत रिलिज गरेकी छिन् ।

गीतमा जुनुकै श्रीमान् रामचन्द्र काफ्लेले संगीत गरेका छन् । यो गीतलाई टी माया राईले लेखेकी हुन् ।

गीत नृत्य प्रधान छ । चोलीको तुना कसेर…गीतको भिडियोमा मोडल अञ्जली अधिकारी र नृत्य कलाकारले नृत्य गरेका छन् । गीतको भिडियो पनि रमाइलो बनेको छ ।

भिडियोको निर्देशन काजिश श्रेष्ठले गरेका हुन् । जसमा अजय रेग्मीको छायांकन, रमित ओलीको सम्पादन छ ।

यस गीतमा फूलको पन्छी भमरा लागेको प्रसंग उठाउँदै आफूलाई मन परेको व्यक्तिसँग प्रेम गर्नुपर्ने उल्लेख गरिएको छ ।