हरिवँशको जन्मदिनमा दाल भात तरकारीको मुहुर्त


व्युटी न्युज नेपाल
काठमाडौं २७ कात्तिक

आगामी वर्ष १३ बैशाखबाट देशव्यापी रिलिजको घोषणा सहित चलचित्र ‘दाल भात तरकारी’को शुभसाइत गरिएको छ । बरिष्ट हास्यव्याँग्य अभिनेता हरिबँश आचार्यको जन्मदिनको अबसर पारेर मँगलबार शुभ साईत गरिएको हो ।

काठमाडौंको कमलादिस्थित गणेश मन्दिरमा मँगलबार बिहान पूजा गर्दै चलचित्रको मुहुर्त गरियो । सो क्रममा चलचित्रमा निर्माता तथा मुख्य कलाकार हरिबँश आचार्यलाई जन्मदिनको शुभकामना सहित निर्माण पक्षले उपहार पनि प्रदान गरिएको थियो ।

मुहुर्तको क्रममा अभिनेता पुष्पल खड्का र अभिनेत्री आँचल शर्माले संवाद बोलेर सर्ट दिएका थिए । मह संचारको प्रस्तुतिमा किरण केसीको निर्माणमा यो चलचित्र बन्न लागेको हो ।

चलचित्रका लेखक हरिवंश आचार्यले सामाजिक कथावस्तुलाई हाँस्यरसमा प्रस्तुत गर्न लागेको बताए । कलाकार पुष्पल खड्काले यो टिमसँग जोडिन पाउँदा आफू उत्साहित रहेको सुनाए ।

१ मंसिरबाट चलचित्रको छायांकन सुरु हुने निर्माता किरण केसीले जानकारी गराए । चलचित्रलाई करिब ५० दिन लगाएर खिच्ने पनि उनलेब बताए ।

चलचित्रलाई किरण केसीका छोरा सुदन केसीले निर्देशन गर्न लागेका हुन् । सुदनलाई छोरा भएकै कारणले चलचित्रको निर्देशनको जिम्मा दिन नलागेको किरणले बताए ।

चलचित्र ‘दाल भात तरकारी’मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, बसुन्धरा भुषाल, सन्तोष पन्त, शिवहरि पौडेल, निरुता सिंह, किरण केसी, राजाराम पौडेल, प्रियंका कार्की, बर्षा राउत, पुष्पल खड्का, आँचल शर्मा, शिशिर वाङ्देन लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । चलचित्रमा शम्भुजीत बासकोटाको संगीत रहेको छ ।