दाल भात तरकारीमा आँचल फेरी भिड भाडकै नायिका


गसिप न्युज

ब्युटी न्युज नेपाल
काठमाडौं २७ कात्तिक

अभिनेत्री आँचल शर्मा अन्तत चलचित्र ‘दाल भात तरकारी’मा भिड भाडकै नायिकाको रुपमा जोडिएकी छिन् ।

अग्रज हास्यव्याँग्य अभिनेता हरिबँश आचार्यको जन्मदिन पारेर मँगलबार बिहान काठमाडौंको कमलादी स्थित गणेश मन्दिरमा शुभसाईत गरिएको चलचित्र दाल भात तरकारीमा स्वस्तिमा खड्काको ठाउँमा आँचल अनुबन्धित भएकी हुन् ।

चलचित्र दल भात तरकारीमा मुख्य नायिकाको रुपमा रहेकी स्वस्तिमाले केही दिन अघि मात्र यो फिल्म छाडेकी थिईन् । किरण केसीको अघिल्लो चलचित्र शत्रु गतेमा नायिकाको रुपमा रहेकी आँचलले त्यसपछि धेरै नायिकाको भिडभाड भएको फिल्म नखेल्ने भन्दै विभिन्न सञ्चार माध्यममा अन्तरवार्ता समेत दिएकी थिईन् ।

दल भात तरकारीमा आँचललाई लिने तयारी गरे पनि किरण केसीले सोही कारण मुख्य भूमिकामा स्वस्तिमालाई लिएका थिए । स्वस्तिमाले पनि दल भात तरकारी छाडेर विकाश आचार्यको ‘हजार जुनी सम्म’ खेल्ने भएपछि किरण केसीले स्वस्तिमाको ठाउँमा आँचललाई नै नायिकाको रुपमा लिएका हुन् ।

चलचित्र दाल भात तरकारीमा विशेष भूमिकामा अभिनेत्री प्रियँका कार्की, वर्षा राउत सहित तीन नायिका छन् । आँचल सहित यो फिल्ममा फेरी चार नायिका हुने भएकाले आँचल फेरी पनि भिड भाडकै नायिका बन्नु परेको हो ।

आँचलले यस अघि एकल नायिकाको रुपमा काम गरेको जोनी जेन्टलम्यान, ब्ल्याक जस्ता फिल्म नचलेका कारण पनि फेरी उनले स्टार कलाकारहरु सहभागी भएको फिल्ममा भिडभाडकै नायिका भएर काम गर्नु परेको छ भन्दा अतिरञ्जना नहोला ।